बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • बेपत्ता वडा अध्यक्ष महत्तकी आमा फेला परिनन

बेपत्ता वडा अध्यक्ष महत्तकी आमा फेला परिनन

  • मङ्लबार, साउन २७, २०७७
बेपत्ता वडा अध्यक्ष महत्तकी आमा फेला परिनन

बाजुरा २७ साउन– लगाताको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीमा बेपत्ता भएकी बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत्तकी आमा भेटीएकी छैनन् ।
बाजुरा देखी अछामसम्मका प्रहरी स्थानियहरु बेपत्ता ६५ वर्षिया अईसेनी महत्तको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालायका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसान भट्टराईले बताए ।
नदिमा अत्यधिक पहिरोले माटो बालुवा काठ मात्र बगिरहेको छ । खोजीकार्यमा समस्या भएको प्रहरी प्रमुख भट्टराईले बताए ।
२५ गते राति बुढीगंगा नदिमा बाढी पहिरो ले नदि छेउछाउका ५० परिवार बढी बिस्ताबित भएका छन भने धेरै परिवारका घर जोखिममा रहेका छन् ।
त्यस्तै साफे मार्तडी सकड खण्डको जडाङ्गाको बेलिब्रीज पुल सहित ६ ओटा झोलुंगे पुल बगाएर सदरमुकाम आउन जान स्थानिय लाई समस्या हुनुका साथै यातायात पूर्ण रुपमा बन्द भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार