शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • उपचार अभावमा बुची नेपाली

उपचार अभावमा बुची नेपाली

  • आइतवार, साउन २५, २०७७
उपचार अभावमा बुची नेपाली

प्रदिपराज जाेशी– साविकको कोटीला गाविस वडा नम्वर १ बिरर्सेन बाजुरा हालको बुढीनन्दा नगरपालिका  ५ बिर्सैनमा बिगत ४० बर्षदेखि बसोवास गर्दै आएका एक बेसाहारा परिवार मध्येकी हुन् बुची दमाईं उनि उमेरले ७९ बर्षकी भईन् उनका तिन जना छोराछोरी मध्ये २ जना छोरा र १ छोरी छन् । उनको जेठो छोरा जयलाल दमाइ क्षयराेगका कारण ८ बर्ष अगाडि मृत्यु भईसकेको छ तर उनको बिवाहीत श्रीमतिबाट २ जना छोरा छन् उनि पनि अहिले उनै संगै बसिरहेकी छन् ।
घरमा आजभोली बिहान बेलुका हातमुख जोर्ने मेलोमेसो कुनै छैन न त सरकारले हेरेको छ न त समाजले नै । काम गरुन्जेल सबै गाउँघरकाले मानु मुठो सहयोग गर्ने गरेका भएपनि बिरामी भएपश्चात छोरा नै आफ्नो छैन र सहयोग गर्दैन अरुको त के भर । बुची दमाईलाई स्तनमा गिर्खा आएको र समस्या भएको एक बर्ष भईसक्यो तर कोल्टीमा भएको प्राथमिक स्वास्थ्य केन्द्रमा समेत के उपचार हुछ भन्ने थाहा नभएकालाई अरु कसैले सहयोग गरी उपचार गराउने कुरै भएन । बिरामले च्याप्दै गए पश्चात श्रावण १२ गते मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार गराउन पुगेकी थिईन् ।

उपचारमा चारपाँच दिन लागेपनि उपचार सम्भव नभएपछि र स्तनमा क्यान्सर हुनसम्क्ने चिकीत्सकको सल्लाहपछि उनि झनै पिडामा छन् । अब उपचार कसले गराईदिने र कसरी गर्ने गर्ने भन्ने बारेमा । कोल्टीमा उपचार सम्भव नभएपछि भौतारिएका बुची परिवार सहयोग मागीरहेका भएपनि उनको आवाज कसैले सुनुवाई गरेको छैन । बुढीनन्दा नगरपालिका वडा नम्वर ५ को कार्यालयले सहयोगकालागि पत्र लेखीदीएको देखाउदै उपचारको सहायता मागीरहेकी छन् ।
नेपाली नागरीकता अनुसार उनि अहिले ७९ बर्षकी भईन् घरमा कुनै अन्नपात र बस्ने आफ्नो घर छैन । अरुको घरमा बस्दै आएको अहिले ४० बर्ष भन्दा बढी भईसक्यो । उनको पहीलाको घर साविकको बाँधु गाविस वडा नम्वर २ धिममा हो । हाल बसोवास गरिरहेको स्थान उनको माईति घर हो । माईति तर्फका आफन्तपनि कोही छैनन् । उनको पोईली घरमा उनका श्रीमानले अर्की श्रीमती ल्याई घरजम भयपछि उनि माईतिमा नै बस्ने निधो गरि बिर्र्सेन आएकी हुन् । आफ्नो माईति कोही नभएपनि माईति माटोलाई आफ्नो मानी बसि यत्रो उमेर काटेको कथा सुनाउँथिन् ।
उनको कोखबाट ३ जना छोराछोरी जन्मीएको भएपनि १ जेठो छोरा जयलाल दमाई को ८ बर्ष पहिला टिबीका कारण मृत्यू भएको छ भने जेठी छोरी र कान्छो छोरा उनैसंग छन् अहिले कान्छो छोरा रंग दमाई पनि उमेरले ३० बर्षको भईसकेको छ । जेठो छोरी १० बर्ष पहिला पोईल गएपनि पोईलीमा बस्न नसक्दा आमासंगै बसिरहेकी छन् । छोरीबाटको २ वटा छोराहरुपनि उनै बज्यैसंगद बसेका छन् ।
आजभोली उनै छोरी र कान्छो छोराको कमाईले जहानको चुलो बलेको छ । कान्छो छोराको पनि ५ वटा बच्चाबच्ची छन् । बुचीको छोरी बुगलीका पनि २ जना छोरा छन् उनिहरुपनि बज्यैसंगै बसिरहेका छन् सबै गरेर ११ जना परिवार रहेको परिवारमा काम नगरेको दिनमा भोकै बस्नुपर्ने बाध्यता रहेको छ । कतिदिन भोकै रहेको कथा बुचीले सुनाईन् ।

चर्चामा

सम्बन्धित समाचार