शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार धुब्र बिसीलाई उपचारका लागि पत्रकार महासघं बाजुराद्धारा दश हजार सहयोग

पत्रकार धुब्र बिसीलाई उपचारका लागि पत्रकार महासघं बाजुराद्धारा दश हजार सहयोग

  • आइतवार, साउन २५, २०७७
पत्रकार धुब्र बिसीलाई उपचारका लागि  पत्रकार महासघं बाजुराद्धारा दश हजार सहयोग

बाजुरा — अछाममा कार्यरत पत्रकार धुब्र बिसीको उपचारका लागि नेपाल पत्रकार महासघं बाजुरा शाखाले दश हजार सहयोग गरेको छ । नेपाल पत्रकार महासघं बाजुरा शाखाको साउन २४ गते बसेको १९ औँ बैठकले पत्रकार बिसीको उपचारका लागि सहयोग गर्ने निणर्य बमोजिम सहयोग गरेको हो ।
पत्रकार बिसीको दुइवटै मृगौला समस्या आएको र उपचारका लागि हाल काठमाण्डौ स्थित बिर अस्पतालमा भर्ना भई उपचारमा रहेका बिसीलाई बाजुरा शाखाबाट थोरै भए पनी सहयोग गरेको नेपाल पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले बताए । मृगौला फेर्नुपर्ने र उपचारमा ठुलो रकम लाग्ने भएकाले सहयोग स्वरुप बाजुरा शाखाले सहयोग गरेको अध्यक्ष सिंहको भनाई रहेको छ । पत्रकार बिसी रेडियो सासाइटी अछामका प्रबन्ध निर्देशक नया पत्रिका दैनिक र हिमालयन टेलीभजनमा कार्यरत रहेका छन ।

उनको उपचारका लागी नेपाल पत्रकार महासंघ बाजुरा शाखाले ब्यक्ती गत सहयोग गर्न इच्छुकहरुलाई समेत सहयोगको अपील गरेको छ । कोही कसैले सहयोग गर्न चाहानुहुन्छ भने नेपाल पत्रकार महासघं बाजुरा शाखासंग समन्वय तथा पत्रकार बिसीको खातामा सिधै पैशा पठाउन सकिने पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन ।

पत्रकार धुर्ब बिसीको नेपाल राष्ट्रिय बाणिज्य बैक अछाम शाखामा रहेको खाता न ४२६००१००००६३४२०१० मा पठाउन सकिने सचिव बिकले बताएका छन । उनको मृगौला समेत फेर्नुपर्ने भएकोले उपचारमा सहयोगका लागि सबै संग अपिल गरिएको नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार