बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य

यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य

  • आइतवार, साउन २५, २०७७
यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य

काठमाडौं — देशमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला संक्रमण मुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार गत २४ घण्टामा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ भने देशका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन् । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेकेा छ ।

चर्चामा

सम्बन्धित समाचार