शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • एक महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

एक महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

सडक खोल्न कुनै पहल भएन

  • आइतवार, साउन २५, २०७७
एक महिना देखी साँफे मार्तडी सडक अबरुद्ध

एक महिना देखी साँफे मार्तडी सडक पहिरोका कारण अबरोध रहेको छ । लगातारको बर्षा सँगै बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको ताप्रिसेरा देखी तिपाडा सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । एक महिना देखी सडक अबरोध भएपनि खुलाउन प्रयास भने हुन सकेको छैन् ।
सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ ।
पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । पानि आइरहेको छ, सडक त्यहि ठाँउमा ल्याउन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । बैकल्पि मार्गको खोजी भएपनि सडक बिभागले त्यो अहिले सम्भाबना नरहेको भनेपछि अर्को ठाँउ बाट सडक खोल्न नसकेको गैह्रेले वताएका छन् । अम्कोट एरिया आवतजावत गर्न समेत बाटो छैन्, सडक खोल्न निकै समस्या भएको बुढिगंगा नगरपालिका मेयर दिपक बिक्रम शाहले वताएका छन् ।
साँफे मार्तडी सडक खण्डको बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएको छ । साँफे मार्तडी सडकको बल्धे देखी मार्तडी २२ भन्दा बढि ठाँउमा माथि र तल बाट पहिरो गएर सडक अबरोध भएको छ ।
बल्धे नजिकै पुरै सडक भासिएको यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पर्ने अबस्था भएपनि सरकारको वेवास्ताले यो बर्ष पनि जोखिम भएको स्थानियले वताएका छन् ।
दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको छ । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष पुर्ण रुपमा अबरोध भएको ब्यापारि हंश बहादुर सिंहले वताएका छन् ।
अबरोध भएको ठाँउ बाटै सडक खुलाउने खोजे दशै याता सडक नखोल्ने अबस्था देखिएको छ । चाडै सडक खुलाउन नखोजे चरम खाद्य संकट हुने देखिएको छ । दैनिक उपभोग्य सामानाको मुल्य निकै आकासिएको छ ।

चर्चामा

सम्बन्धित समाचार