बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकाको कोरोना खर्च १ करोड ९० लाख बढी

स्वामीकार्तिक खापर गाउँपालिकाको कोरोना खर्च १ करोड ९० लाख बढी

  • शुक्रबार, साउन २३, २०७७
स्वामीकार्तिक खापर गाउँपालिकाको कोरोना खर्च १ करोड ९० लाख बढी

नहकुल जोशी — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज कोरोना भाइरस कोभिड १९ सम्वन्धी भएको खर्चको सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र सुइजिउलामा आज एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरस संक्रमणको समयमा गत आर्थिक बर्षमा १ करोड ९० लाख २४ हजार २७३ रुपैया खर्च भएको जनाएको हो ।

गाउँपालिकामा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा राहतका लागि उपलब्ध गराएको चामलमा १० लाख ९७ हजार ८२३, दालमा २ लाख ५० हजार २८०, नुन खरिदमा १४ हजार ९८० रुपैया खर्च भएको जनाएको हो । त्यस्तै तेल खरिदमा १ लाख ७२ हजार ९८०, कपडामा ५ लाख २७ हजार ४३०, गाडीभाडा बाफत २२ लाख ४२ हजार १२७, क्वारेन्टाइन खर्चमा ४३ लाख ४३ हजार ६२३ रुपैया खर्चभएको जनाएको छ ।

त्यस्तै मास्क खरिदमा २ लाख २६ हजार ५३५ रुपैया औषधी खरिदमा ३० लाख ६५ हजार ४२१, जोखिम र बैठक भत्तामा १२ लाख ६४ हजार, बाहिर जिल्लामा रहेका विद्यार्थी, श्रमिक र विरामीलाई राहत स्वरुप २९ लाख ३४ हजार ५ सय खर्च भएको जनाएको छ । त्यस्तै क्वारेन्टाइन निमाणर्मा १३ लाख ८६ हजार ३ सय ९, वाइरिङमा ९९ हजार ५५५, प्रचार प्रसारमा १ लाख ५५ हजार र अन्यमा ९ लाख २६ हजार ९४ गरी जम्मा १ करोड ९० लाख २४ हजार २७३ रुपैया खर्च भएको जनाइएको छ ।

गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष मिमा बुढा, प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकाया, वडाध्यक्षहरु, विषयगत साखाका प्रमुखहरु, कार्यपालिकाका सदस्य सहित जनप्रतिनिधिहरु पत्रकार लगायत राजनैतिक पाटीका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

पत्रकार नहकुल जोशीले सहजीकरण गरेको कार्यक्रममा कोरोना भाइरसको समयमा खर्च भएको रकममो प्रस्तुती कोरोना ब्यवस्थापन समितिका संयोजक कणर्विर बुढाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले सार्वजनिक सुनुवाईमा तथ्याङकहरु सुस्पष्ठ नआयको भन्दै त्यसलाई समय दिएर प्रष्ट गर्नुपर्ने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार