शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने

सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने

  • बुधबार, साउन २१, २०७७
सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने

सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निजि क्लिनिक तथा अस्पतालहरुमा काम नगर्न अनुरोध गरेको हो।

स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काद्धारा जारी पत्रमा भनीएकाे छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (विभाग, केन्द्र महाशाखा, परिषद, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजि प्राक्टिस नगर्ने र यदि यस भन्दा अगाडी निजि प्राक्टिस गर्न पूर्व स्वीकृति स्वतः खारेज हुनेछ।’

यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफु कार्यरत सरकारी संस्थाको नाम निजि क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने समेत पत्रमा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार