बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पुल नहुदा सडक संग नजाेडिएकाे गाउँ

पुल नहुदा सडक संग नजाेडिएकाे गाउँ

  • बुधबार, साउन २१, २०७७
पुल नहुदा सडक संग नजाेडिएकाे गाउँ

बुढीनन्दा नगरपालिका वडा नं १ साँउन गाँउ पुल नहुँदा सडक सञ्जाल बाट जाेडिन सकेकाे छैन् । साविक जगन्नाथ गाविसकाे वडा नं ९, साउनेगाँउ जगन्नाथ गाविसमा हुँदा विकासका हिसावले उपेक्षित नै रह्ये भने, संघिय संरचना पश्चात हाल बुढीनन्दा नगरपालिका वडा नं १, हुँदा पनि अपेक्षाकृत लाभ पाँउन सकेकाे छैन ।

जसकाे ज्वलन्त उदाहरण हाे, साउनेगाँउ पिपलडाली जाेड्ने पुलका लागि गाविस हुँदा गाँउपरिषद, इलाका परिषद हुँदै जिल्ला परिषदमा २ पटक पास हुँदा पनि पुल बन्न नसकेकाे स्थानिय लक्ष्मण जाेशीले वताएका छन् । संघिय संरचना पश्चात नगरपरिषदमा पास भएपनि सुनुवाइ नभए पछि गत बर्ष संघिय माननीय लाल बहादुर थापाकाे बिषेश पहलमा डिटेल सर्वे भएपनि याे बर्ष याेजनामै आउन सकेा ।

धुलाचाैर मार्तडी मुल सडक संग प्रत्येक गाउँ जाेडिदा साँउनेगाँउ जाेडिन सकेकाे छैन । पिलुचाैर देखि दानसाँगु सम्म जाेड्ने पुल पिलुचाैर भारतिकाैषाडी, हरिकवल पार्ताेला, लाटुबस्ति पाइन, दैयाँ डुडिखुच्चा, कालसिल काेल्टि र खाेया अल्स्याबाडी) बनिरहदा साउनेगाँउ पिपलडालि जाेडने पुल बन्न नसक्नु बिडम्वना रहेकाे स्थानियले वताएका छन् । पुल नहुदा काेल्टीका विभिन्न विधालयमा अध्ययन गरिरहेका वालवालिकाहरूलाई प्रत्येकदिन विधालय आवतजावतमा अप्ठयाराे भइरहेकाे छ ।

वडा कार्यालय पिपलडाली जानू परेमा र जीप चढनु परेमा पुल तर्न कि त हरिकमल कि पाइन पुग्नु पर्छ । पुल तर्नकै लागि प्रत्येक पटक १ घण्टा बढि समय खर्च गर्नु पर्छ । पुल बनेमा १५ मिनेटमा वडा कार्यालय र गाडीकाे सेवा लिन सकिने स्थानिय बताँउछन् । पुल बनाउनकै लागि गाँउलेले सरकारी कार्यालयमा कागजि पहल र राजनीतिक दलका सबै पार्टिका नेताहरूलाई अनुराेध गरेपनि सार्थकता पाउन सकेकाे छैन । सरकारले तुइन बिस्थापित गरेर पुल निर्माणकाे काम सहज तरकाले गरिरहेकाे बेला के अब हामिले तुईन जाेडनु पर्ने त हाेइन ? स्थानियकाे प्रश्न रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार