बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

  • आइतवार, साउन १८, २०७७
नेपालमा थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,३३२ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ। आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन्।  नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार