बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कवाडी डिपोमा चामल नहुँदा एक महिना देखी खाद्य संकट

कवाडी डिपोमा चामल नहुँदा एक महिना देखी खाद्य संकट

  • आइतवार, साउन १८, २०७७
कवाडी डिपोमा चामल नहुँदा एक महिना देखी खाद्य संकट
फाइल फाेटाे

बाजुराको हिमाली गाँउ पालिका ४ कवाडी डिपोमा चामल नहुँदा गाँउ खाद्य संकट भएको छ । आर्थिक बर्ष ०७६।०७७ को चामल असारमा सकिएपछि १ महिना देखी खाद्य संकट भएको स्थानियले वताएका छन् ।
गत आर्थिक बर्षमा कवाडी डिपोमा ३५ सय कुन्टल कोटा चामल हो, त्यो चामल असारमै सकिएको खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले वताएका छन् । यो आर्थिक बर्षको चामलको टेन्डर भने भर्खर भएको १ महिना लाग्ने भएको ओझाले वताए ।
बाजुराको सबै भन्दा दुर्गम ठाँउ हिमाली गाँउपालिका १, २ र ३ साविकको बिच्छँया गाबिस हो, त्यहाँका बासिन्दा कवाडी डिपो बाट चामल किन्ने गरेका थियौ, डिपोमा चामल नभएपछि गाँउमा खाद्य संकट भएको हिमाली गाँउपालिका २ कोटि गाँउकि ललिता बोहोराले वताएकि छन् ।
स्थानिय डिपोमा चामल नपाएपछि स्थानिय बजार बाट प्रतिकेजी १ सय भन्दा महँगो मुल्यमा पढने गरि थोरै चामल लिएर किन्ने गरेका छन् । यति बेला गाँउमा भारत बाट सबै आइसकेका छन्, खाद्य संकट छ कसरी खाद्यन्न ब्यबस्थापन गर्ने बिच्छँया गाँउकि कोपीला बोहोराले वताईन् । चामल किन्न कवाडी आँउछन्, तर चामल नपाउने गरेको हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए ।
बाजुराको सबै भन्दा बढि खाद्य संकट र सडक भन्दा निकै टाढा रहेको हिमाली गाँउपालिका हो । हिमाली गाँउपालिकाको कवाडी डिपोमा दुई हप्ता यता एकदान चामल नआएपछि गाँउमा खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए । दशै सम्म चामल नआए चरम खाद्य संकट हुने वताएका छन् । चामल किन्न डिपोमा पुग्यौ, तर चामल छैन्, सरकारलेनै बेवास्ता गरेको नानी बोहोराले वताईन् ।
हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ । हिमाली गाँउपालिका ४ कवाडीमा डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्ने २ दिन सम्म लाग्ने गरेको छ ।
अर्कोतिर बजारको चामलकाे मुल्य पनि निकै आकासिएको छ । साँफे मार्तडी सडक खण्डको बिभिन्न ठाँउ पहिराले अबरोध भएको छ भने, मार्तडी कोल्टि सडक पनि पुर्ण रुपमा बन्द हुदा चामल लगाउयत दैनिक उपभोग्य सामानको मुल्य आकासिएको छ ।

चर्चामा

सम्बन्धित समाचार