बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा समुदाय स्तरमा स्वाब संकलन

बाजुरामा समुदाय स्तरमा स्वाब संकलन

५ सय ८६ जना काे स्वाब संकलन गरेर सुर्खेत पठाइदै

  • शुक्रबार, साउन १६, २०७७
बाजुरामा समुदाय स्तरमा स्वाब संकलन

बाजुरा जिल्लामा समुदाय स्तरमा कोरोना जाँचका लागि स्वाब संकलन गरिएकाे छ । पहिलो चरणमा जिल्ला बाहिर र भारत बाट आएको जाँच गरेपछि दोस्रो चरणमा समुदायमा स्वाब संकलन गरिएकाे भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खबरलाई बताएका छन् ।
समुदायमा कोरोना फैलिएको छ या छैन भनेर जिल्लाका ८ वटा स्थानिय तहका ५ सय ८६ जनाको स्वाब संकलन गरिएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । हिमालि गाँउपालिकामा भने कसैकाे गरिएकाे छैन् ।

संकलन गरिएकाे स्वाब हेलिकप्टर मार्फत सुर्खेत पठाइने तयारी रहेकाे कार्यलयले जनाएकाे छ ।  बाजुरामा ५ सय ७२ जना कोरानो संक्रमित देखा परेका छन् । एक जना दुई बर्ष वालिका भने मृत्यु भइसकेको छ । क्वारेनटाइनमा आत्माहत्या गरेको एक पुरुषमा पनि कोरानो पुष्टि भएको थियो । ७ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । ५ सय ६६ जना भने संक्रमित भने सञ्चो भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार