बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा : कर्णाली नदिमा पानीको बहाव बढ्यो, खतरा जोखिम

बाजुरा : कर्णाली नदिमा पानीको बहाव बढ्यो, खतरा जोखिम

  • बुधबार, साउन १४, २०७७
बाजुरा : कर्णाली नदिमा पानीको बहाव बढ्यो, खतरा जोखिम
फाइल फाेटाे

लगातरको बर्षातका कारण पानीको बहाफ बढेपछि कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीकाे बहाव बढेस‌गै कर्णाली नदिमा रहेका झोलुंगे पुल समेत उच्च जोखिममा बनेका छन । कर्णाली नदिमा पानीको बहाव बढेपछि जगन्नाथ र स्वामीकार्तिक गाउपािलका जाेड्ने पीलुचाेरमा रहकाे झोलुंगे पुलमा आवतजावतमा समस्या भएको छ ।
लागातारको बर्षाले कर्णाली नदिमा पानिको बहाव बढेपछि स्थानियलाई सचेत रहन आग्रह गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराइले वताएका छन् । कर्णाली नदिमा रहेका झोलुंगे निकै जोखिममा रहेका छन्, नदि नजिकैका बस्ति समेत जोखिममा रहेको उनले वताएका छन् ।
कर्णालीको पिलुचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । स्वामीकार्तिक खापर गाँउपालिका जाने मुख्य पुल रहेको छ । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेर खच्चर पुल वारपार गर्ने गरेका छन् ।
पानीको बहाव बढेपछि त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानिय प्रभुराज पाण्डेले बताएका छन् । पुलसँगै छोप्ने गरि कर्णाली नदिमा पानीको बहाव बढेपछि बाजुराका कर्णाली पारिका गाँउ वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बन्ने गरेको छ ।
एकातिर बर्षौ पुराना पुलहरु जिर्ण छन्, अर्कोतिर कर्णाली नदिको पानीकाे सतह पुलको नजिक आएपछि निकै जोखिम रहेको स्वार्मीकार्तिक खापर गाँउपालिका सुचना अधिकारी कुबेर शाहीले वताएका छन् । नदिमा पानीको बहाव नाप्ने कुनै पनि यन्त्र नभएकाले जोखिमता पनि अध्ययन गर्न असहज भएको वताएका छन् । नदिमा पानीको बहाव बढेसँगै गाँउपालिकाले स्थानियलाई आवतजावतमा ध्यान पुयाउन आग्रह गरेको छ ।
कर्णाली नदिमा पानी बढदै गएपछि बाजुरा, हुम्ला, कालिकोट अछाम, सुर्खेतका कर्णाली नदिको तट्यि क्षेत्रहरुमा जोखिम बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार