• होमपेज
  • बुढीगंगा
  • नेकपा बुढीगंगा नगरकमिटीले नगरपालिका सिष्टममा नभई सेटिङमा संचालन भएको भन्दै भत्सना

नेकपा बुढीगंगा नगरकमिटीले नगरपालिका सिष्टममा नभई सेटिङमा संचालन भएको भन्दै भत्सना

  • सोमवार, साउन १२, २०७७
नेकपा बुढीगंगा नगरकमिटीले नगरपालिका सिष्टममा नभई सेटिङमा संचालन भएको भन्दै भत्सना

बाजुरा १२ साउन — नेपाल कम्यूनिष्ट पार्टी बुढीगंगा नगर कमिटीले नगरपालिकामा बेलाबेलामा आगलागी गराउने परम्परा नै बनेको बताएको छ । जनताका विकास र समृद्दीका आशा अभिलाशालाई कुल्चेर “सिष्टम” मा नभई “सेटिंड” मा नगरपालिका संचालन गर्ने नगर प्रमूखका क्रियाकलाप प्रति नगरकमिटीको आधिकारीक फेसबुकपेजबाट घोर भत्सना गरिएको छ ।
नगर कमिटीले आफ्नो फेसबुक पेजमा निम्न कारणले नियोजित हो भन्ने बुदाहरु राखिएको छ ।
१ नगरसभाका लागि लेखा शाखाले तयार गर्नुपर्ने आब २०७६ र ०७७ को खर्चकौ फाटबारी र आवश्यक भौचर सहितका डकुमेण्ट हालसम्म कार्यपालिका सामु प्रस्तुत गर्न नसक्नु ।
२ अघिल्लो वर्षको नै आयव्ययको विवरण लेखाले उपलब्ध गराउन नसकेका कारण असार १० गते सम्पन्न गर्नुपर्ने नगरसभा अझै अनिस्चित देखिन्छ ।
३ लेखाशाखामा त्यस शाखा प्रमूखले सफ्टवेयरमा दाखिला मिलेको तथा सो अनुसारका विल भरपाई नभएका कारण लेखामा नै आगो लगाईएको छ र त्यसमा लेखाशाखा प्रमूख लगायतको नै संलग्नता देखिन्छ ।
४ अनियमितता र भ्रष्टाचार गर्न पल्किएका प्राविधिकहरूको समेत त्यसमा मिलेमतो देखिन्छ । असारको दोस्रो हप्तामा कार्यपालिकाको निर्णय बेगर नै टुक्रे योजनाहरू आफ्ना कार्यकर्तालाई वितरण गरिएका छन् । इकडीगाड दोस्रोले बनाएको बाजुरा प्रवेशद्वारमा रंग लगाएर पाच लाख भुक्तानी दिईएको एउटा उदाहरण हो ।
५ केसी ग्रुपका नाममा पर्चा छरेर घटनालाई अझै बढी रहस्यमय बनाउन खोजिदैछ । यो बाहाना मात्र हो । किनभने कुनै समूहले आगलागि गर्थ्यो भने मेयरको कक्षमा हमला गर्थ्यो । लेखासँग उसको सरोकार हुदैनथ्यो ।
माथिका आधारहरूले यो आगलागी सुनियोजित देखिन्छ । त्यसैले नेपाली जनताको कर तिरेको पैसामाथी रजाई गर्न पल्किएकाहरूलाई कारवाहीको दायरामा ल्याउन निम्मानुसार माग गर्दछौ ।
१ लेखाशाखा प्रमूख लगायतका कर्मचारीहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ
२ निजहरूको कल डिटेल सहित अनुसन्धान गरियोस्
३ जलेका भनिएका फाइलहरूसँग सम्बन्धित प्राविधिक तथा लेखाका कर्मचारीलाई निलम्बन गरि अनुसन्धान अगाडी बढाईयोस्
४ तल्काल मलेप बोलाई अडिट गराईयोस्
५ अख्यितारको टोली समेत विशेष छानविन गरोस् ।

चर्चामा

सम्बन्धित समाचार