बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • खर्चको अभाबमा तड्पिरहेका रत्न दमाईलाई देश विदेशबाट सहयोग, नेता पाण्डे मार्फत हस्तान्तरण

खर्चको अभाबमा तड्पिरहेका रत्न दमाईलाई देश विदेशबाट सहयोग, नेता पाण्डे मार्फत हस्तान्तरण

  • सोमवार, साउन १२, २०७७
खर्चको अभाबमा तड्पिरहेका रत्न दमाईलाई देश विदेशबाट सहयोग, नेता पाण्डे मार्फत हस्तान्तरण

बाजुराकाे हिमाली गाउँपालिका ६ का रत्न दमाईलाइ उपचारका लागि आर्थिक सहयाेग जुटेकाे छ । काठमाडाैकाे राजधानी अस्पताल बल्खुमा उपचार गरिरहेका रत्न आर्थिक अभाबमा तड्पिरहेका थिए । उनकाे उपचारका लागि भन्दै देशबिदेश बाट सहयाेग जुटेकाे नेपालि काँग्रेसका युवा नेता ताल बहादुर रावतले वडिमालिका खबरलाइ बताएका छन् ।

रत्न मधुमेह राेग बाट ग्रसित रहेका छन् । उनकाे उपचारका लागि अमेरिकामा बसोवास गर्ने त्रिवेणी नगरपालिका ८ का समाज सेवी जनक थापा र हिमाली गाउँ पालिकाका विद्यार्थी नेता मंगल रावतले विशेष पहल गरेका छन् । समाजसेवी थापाले अमेरीकाको बालटिमोरमा बसोवास गर्ने बाजुरा, अछाम, बझाङ डोटी लगायत बिभिन्न जिल्ला घर भएका सहयोगी हरुबाट एक मुष्ट अमेरीकि डलर ७३६ (रु. ८५,९२०) संकलन गरेका थिए । मंगल रावतले बाजुरा र काठमाण्डौंमा बसोबास गर्ने विभिन्न व्यक्तिहरुबाट रु. २९ हजार ५ सय संकलन गरेका थिए । सहयाेगी बाट संकलित रकम  एक लाख पन्ध्र हजार चार सय बिस नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले विरामीको श्रीमतिलाई अस्पतालमा पुगेर हस्तान्तरण गरेका छन् । सहयाेग बुझ्दै रत्नकाे श्रीमतीले सम्पुर्ण सहयाेगीलाइ धन्यवादका साथै अझै सहयाेग गर्न अपिल समेत गरेकी छन् ।

अमेरिकाको बालटिमोरमा बसोबास गर्ने हेमन्त कुँवर, मनलाल जैसि, जनक थापा, भुपेश जंग शाहि र पदम बहादुर शाहि लगाएतले सहायोग गरेका थिए । त्यस्तै बाजुरा र काठमाण्डौंबाट भिम मल्ल, भरत कार्कि र निर्मला कार्कि, कुशल गिरी, खगेन्द्र रावत, मोहन जंग मल्ल र प्रकाश तिरुवा लगाएतले सहयोग गरेका हुन्। नेपाल आएको मौकामा आफ्ना जिल्ला बासि दाजुभाईका लागि सहयोग जुटाउन पाउँदा आफूलाई खुसि लागेको बताउदै थापाले अमेरिकामा बसोवास गर्ने नेपाली आफ्नो केहि खर्च कटाएर भएपनि समस्यामा परेका आफ्ना दाजुभाईलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको वताएका छन्।

नेता पाण्डेले रकम हस्तान्तरण गर्दै स्वास्थ्य सेवा र आर्थिक अभावका कारणले अकालमा ज्यान गुमाउनु पर्ने तितो यर्थात रहेको भन्दै विभिन्न स्वास्थ्य समस्यामा परेका, आर्थिक अवस्था एकदमै कमजोर भएका दाजुभाईहरुलाई युवाहरुको सक्रियतामा यसरी सहयोग जुटनु खुसिको कुरा भएको वताएका छन् । आफ्नाे क्षेत्र बाट सक्ने सहयाेगका लागि पछि नहट्ने पाण्डेले थपे ।

 

चर्चामा

सम्बन्धित समाचार