बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • शिक्षा
  • साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय

  • मङ्लबार, साउन ६, २०७७
साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
फाइल तस्बीर

काठमाडौं —  सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।

त्यसका लागि साउन ८ गतेबाट १५ गतेसम्म सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय पुग्नुपर्नेछ । तर कतिपय विद्यालयहरुमा क्वारिन्टन समेत भएको हुँदा त्यसका लागि व्यवस्थापनको तयारी गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

बैठकले भदौ १ गतेदेखि हवाई उडान समेत खोल्ने निर्णय गरेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने निर्णय समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार