शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु

बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु

  • बुधबार, असार ३१, २०७७
बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु

बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो।

उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्। #रासस

चर्चामा

सम्बन्धित समाचार