शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • जगन्नाथले साँउन दोस्रो साताबाट पढाई सुरु गर्ने

जगन्नाथले साँउन दोस्रो साताबाट पढाई सुरु गर्ने

  • मङ्लबार, असार ३०, २०७७
जगन्नाथले साँउन दोस्रो साताबाट पढाई सुरु गर्ने

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाले साउनको दोस्रो साताबाट पढाई सुरु गर्ने भएको छ । जिल्लाको सबै भन्दा कम कोरोना संक्रमीत भएको गाउँपालिकाले साउनको पहिलो साताबाट पढाइ सुरु गर्ने भएको छ । जगन्नाथ गाउँपालिकाले कोरोना महामारीलाइ मध्यनजर गरी बिद्यालय संचालन गर्ने भएको जगन्नाथ गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन ।
हाल सम्म जगन्नाथ गाउँपालिकामा २ जना मात्र कोरोना संक्रमीत भएका र दुबै जना निको भइसकेका र अन्य कोही पनी क्वारेन्टाइन र आइसोलेशनमा समेत कोही नभएका कारण जोखीमतालाई हेरेर बिद्यालय संचालन गर्ने जोशीले बडिमालिका खवरलाई बताएका छन् ।
कोरोना जोखीम कम हुने भएकोले गाउँपालिकामा सबै बिद्यालय संचालन गर्ने कार्यपालिकाले निणर्य गरेको जोशीले बताएका छन । जगन्नाथ गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले साउनको दोस्रो सातादेखी बिद्यालय संचालन गरि पढाइ समेत गर्ने गरी तयारी गर्न सबै बिद्यालयहरुलाई पत्रचार समेत गरीसकेको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले बताएका छन । पहिलो हप्ताबाट भर्ना गरी दोस्रो साताबाट पढाई गर्न समेत बिद्यालयहरुलाई पत्रचार भइसकेको अध्यक्ष शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार