शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • ओली-प्रचण्ड भेटवार्ता सकियो, भोलि फेरि भेट्ने

ओली-प्रचण्ड भेटवार्ता सकियो, भोलि फेरि भेट्ने

  • मङ्लबार, असार ३०, २०७७
ओली-प्रचण्ड भेटवार्ता सकियो, भोलि फेरि भेट्ने

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीमा जारी गतिरोधबारे छलफल भएको स्रोतले बतायो।’दुई अध्यक्षको भेटमा कुनै नयाँ प्रगति भएको छैन। कुरा जहाँको त्यहीँ छ,’स्रोतले भन्यो,’दुई अध्यक्षको भेट नभएको झण्डै एक साता भएको थियो। छलफलले निरन्तरता पायो। भोलि फेरि बैठक बस्ने सहमति भएको छ।’

गत बुधबार दुई अध्यक्षको भेट भएको थियो। भेटमा दुवै अध्यक्षले आ-आफ्ना अडान राखेका थिए। सहमति खोज्नका लागि भन्दै असार २६ गतेको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ। विवादकै कारण असार १८ गतेदेखि बैठक बस्न सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार