शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • पर्यटक लोभ्याउँदै बिरेखाेला झरना (भिडियाे सहित)

पर्यटक लोभ्याउँदै बिरेखाेला झरना (भिडियाे सहित)

  • मङ्लबार, असार ३०, २०७७
पर्यटक लोभ्याउँदै बिरेखाेला झरना (भिडियाे सहित)

लक्ष्मीराज पाध्याय
बाजुरा ३० साउन  
सदरमुकाम मार्तडीको काँखमा रहेको बिरेखोला झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब करिव १ सय मिटर अग्लो झरनाको मनोरम दृश्य र भीर मौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयले बताएका छन् । खोल्सीको पानी करिव दुई सय ५० मिटर माथिबाट भुइँमा पछारिँदा कपडाको भुवाजस्तै देखिन्छ भने टाढाबाट हेर्दा झरना झन आकर्षक र मनोरम लाग्छ ।


बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको करिव दुई सय ५० मिटर अग्लो ‘बिरेखोला झरना’ गुमनाम जस्तै बनेको छ । यसको प्रचार–प्रसार र प्रबर्द्धन नहुँदा ओझेलमा परेको देखिन्छ । बडिमालिका नगरपालिका ८र ९ को सिमानामा अवस्थित झरना पर्यटकको पर्खाइमा छ ।
टाढाबाट हेर्दा झरना झन् आकर्षक र मनोरम लाग्छ । नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन । पैदलयात्राबाट गएका पनि झरनामा पुगेपछि थकाइ बिर्सिन्छन । झरनाको मध्य भागमा घाम लाग्ने बित्तिकै आकर्षक सप्तरंगी इन्द्रेणीको दृश्य हेर्न पाइन्छ । अग्लो झरनामा लाग्ने इन्द्रेणीले घन्टौँ बितेको पत्तै हुँदैन । यहाँ पुग्ने मध्ये अधिकांशले झरनामा इन्द्रेणी परेको दृश्यावलोकन गर्न घण्टौँ सम्म बिताउने गरेको स्थानीय सुरज बडुवालले बताए ।

कसरी पुग्ने ?
बिरेखोला झरना रमाउनेका लागि आकर्षक गन्तव्य हो । सदरमुकाम मार्तडीबाट ६ किलोमिटर पक्की सडकमा २० मिनेटमा पुग्न सकिन्छ । मार्तडी बजारबाट करिव एक घण्टा पैदल हिँडेपछि पनी झरना स्थल पुग्न सकिन्छ । छोटो र रमाइलो लागि झरना उत्कृष्ट गन्तव्य हो ।
गाडीमा जाँदा झरनासम्म पुग्न कम्तीमा आधा घन्टा पैदल हिँड्नैपर्छ । झरना नजिकैबाट साफेँ मार्तडी पक्की सडक पनी छ । झरनाको तिरैमा गाडी राखेर २ मिनेटमै झरनाको फेदीमा पुगिने गरेको छ ।


झरना नजिक मोटर बाटो पुगेको छ । जिप, मोटरसाइकल सहजै पुग्छ । ठूला बस र निजी सवारी साधन लिएर आउनेहरू सडक छेउमा पार्किङ गरी पैदल झरनातर्फ लाग्छन । सडकबाट झरना सहजै देखीने गरेको छ । स्थानीय सरकारले झरनाबारे जानकारीमूलक सूचना बोर्ड प्रवेशद्वारमै राखीदिने हो भने घुम्न आउने पर्यटकका लागि सहज हुने स्थानीयले बताएका छन्  ।

चर्चामा

सम्बन्धित समाचार