शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • तत्काल अम्कोट बाट सडक खोल्ने गरि काम शुरु

तत्काल अम्कोट बाट सडक खोल्ने गरि काम शुरु

  • मङ्लबार, असार ३०, २०७७
तत्काल अम्कोट बाट सडक खोल्ने गरि काम शुरु

बर्षातले अबरोध भएको साँफे मार्तडी सडक खण्डको अम्कोट क्षेत्रमा बाट सडक खोल्ने गरि काम शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतमा बसेको जिल्लास्तरीय सरोकारवाला निकाय सम्मिलित बैठकले तत्काल त्यहि ठाँउ बाट सडक खोल्ने निर्णय भएको हो ।
सर्वदलिय बैठकको निर्णय अनुसार मंगलवार बिहान बाट काम शुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । तत्कालका लागि अस्थायि ट्रयाक खोल्न सडक बिभागलाई निर्देशन दिइसकेको प्रजिअले वताएका छन् । साथै भत्किएको ठाँउमा दिर्घकालिन समाधान गर्नका लागि पक्कि संरचना निर्माण गर्ने समेत निर्णयको भएको छ, त्यो सँगै नदिको कटान रोक्नका लागि समेत संरचना तयार गर्न पहल गर्ने निर्णय भएको छ ।
अम्कोट बाट सडक सञ्चालन हुन सकेन भने धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे निर्णय भएको छ । दुई बर्ष देखी साँफे मार्तडी सडक खण्डको अम्कोटमा बर्षातमा अबरोध हुदै आएको छ । बल्ल अहिले उक्त सडकको बिकल्पको खोजिका लागि अध्ययन शुरु भएको छ । जिल्लामा सरोकारवालको छलफल पटक पटक हुदै गएको भएपनि सडकको बिकल्पका लागि सार्थक प्रयास हुन सकेको थिएन् ।
यो बर्ष पनि १ हप्ता पहिला देखी नै सडक पुर्ण रुपमा अबरोध भएपछि बिकल्पको अध्ययन शुरु गरिएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्राका लागिसमेत माथि जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।
तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार