शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • संखुवासभामा पहिरोमा परेर ११ जना बेपत्ता

संखुवासभामा पहिरोमा परेर ११ जना बेपत्ता

  • आइतवार, असार २८, २०७७
संखुवासभामा पहिरोमा परेर ११ जना बेपत्ता
फाइल तस्बिर

केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लले अनलाइनखबरलाई बताए अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने ।मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार