शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सरिता गिरीको समर्थनमा बोल्ने मोहना अन्सारीलाई आयोगले गरायो सचेत

सरिता गिरीको समर्थनमा बोल्ने मोहना अन्सारीलाई आयोगले गरायो सचेत

  • बिहिबार, असार २५, २०७७
सरिता गिरीको समर्थनमा बोल्ने मोहना अन्सारीलाई आयोगले गरायो सचेत

समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गरेको विषयलाई कथित र खेदजनक भन्दै अभिव्यक्ति दिने राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई आयोगले सचेत गराएको छ । आयोगले गिरीका सन्दर्भमा अन्सारीबाट आएको भनाइलाई खेदजनक भन्दै त्यसरी जथाभावी नबोल्न भनेको छ । आयोग अध्यक्ष अनुपराज शर्माले अन्सारीको उक्त अभिव्यक्तिले भ्रम पैदा गरेको जनाएका छन् ।

बिहीबार अध्यक्ष शर्माले विज्ञप्ति जारी गर्दै ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित’ छानविन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ’, अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले गत असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइसकेको अवस्थामा अन्सारीले २३ गते ट्वीटरमा समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गरेको कारबाहीलाई खेदजनक भनेकी थिइन् ।

‘यस आयोगबाट असार १५ मा सदस्यहरुलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ’, आयोगले प्रष्ट पारेको छ ।

चर्चामा

सम्बन्धित समाचार