शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज ६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज ६९ जनामा कोरोना पुष्टि

  • बुधबार, असार २४, २०७७
सुदूरपश्चिममा आज ६९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ६९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका ८, कञ्चनपुरका ७, बझाङका चार, बैतडी २ र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै दुई जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ जनामा कोरोना पुष्टि भएको हो। डोटीको आदर्श गाउँपालिकाका दुई, दीपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उनका अनुसार कञ्चनपुरको पुनरवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार