बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पेन्सन बुझ्न भारत पुगेका बैतडीका एकजनाको मृत्यु

पेन्सन बुझ्न भारत पुगेका बैतडीका एकजनाको मृत्यु

  • बुधबार, असार २४, २०७७
पेन्सन बुझ्न भारत पुगेका बैतडीका एकजनाको मृत्यु

 बुधवार पेन्सन बुझ्न भारत पुगेका बैतडीका एक नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ वर्षीय धनसिंह रावल रहेका छन्।

पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइन बसेका बेला एक्कासी ढलेका रावलको उपचारको लागि ल्याइदैं गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए। उनका अनुसार मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेका थिए।

रावलको कोरोना परीक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन नगरिने प्रहरी नायव उपरिक्षक अधिकारीले बताए। मृतकको शव परिवारको जिम्मा लगाइएको छ। मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार