शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मन्त्रिपरिषद् बैठक बस्दै, सुदूरपश्चिमले नयाँ आईजीपी पाउला त ?

मन्त्रिपरिषद् बैठक बस्दै, सुदूरपश्चिमले नयाँ आईजीपी पाउला त ?

  • मङ्लबार, असार २३, २०७७
सेयर गर्नुहोस् :
मन्त्रिपरिषद् बैठक बस्दै, सुदूरपश्चिमले  नयाँ आईजीपी पाउला त ?

सरकारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तयारी गरेको छ। आज अपरान्ह बस्ने भनिएको मन्त्रिपरिषदको बैठकले आइजीपी नियुक्त गर्नेछ। नयाँ आईजीपीले २५ गतेबाट कार्यकाल सम्हाल्नेछन्।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेपछि नयाँ आईजीपी नियुक्त गरिन लागेको हो। ज्ञवालीसँगै एआईजी तारिणीप्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्। सरकारले दुई एआईजी शैलेश थापा र हरि पालमध्ये एकजनालाई आईजीपी बनाउनेछ।

नयाँ आईजीपीको दौडमा रहेका पालको घर सुदूरपश्चिम हो। उनी दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका हुन् भने उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छ। आईजीपीको दौडमा रहेका पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार