शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्वास्थ्यकर्मीले बुझाए सिडियाेलाइ ज्ञापन पत्र

बाजुराका स्वास्थ्यकर्मीले बुझाए सिडियाेलाइ ज्ञापन पत्र

  • आइतवार, असार २१, २०७७
बाजुराका स्वास्थ्यकर्मीले बुझाए सिडियाेलाइ ज्ञापन पत्र

बाजुरा — बाजुरा जिल्लाका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएका छन । जेठ २७ गते त्रिबेणी नगरपालिकाकाे छतारामा र असार १ गते हिमाली गाउँपालिकाकाे कवाडीमा स्वास्थ्यकर्मी माथी भएकाे घटनाकाे बिषयलाइ लिएर बाजुराका स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाएकाे हाे ।

बाजुरा जिल्ला भरका १ सय भन्दा बढि स्वास्थ्यकर्मी सदरमुकाम मार्तडीमा अाएर स्वास्थ्यकर्मी माथि भएकाे दुर्ब्यबाहारका दाेषीहरूमाथी कडा भन्दा कडा कार्बाहीकाे माग गर्दै स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालय काठमाण्डाै, सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश र प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरूकाे सयुक्त ज्ञापन पत्र बुझाएकाे स्वास्थ्यकर्मी धर्म खत्रीले जानकारी दिएका छन् ।

जेठ २७ गते त्रिबेणी नगरपालिकाकाे छतारामा क्वारेन्टाइनमा रहेका मान्छेकाे स्वास्थ्य चेकजाचका लागी गएका स्वास्थ्यकर्मी रामबहादुर नेपालीलाइ स्थानीयले हातपात गरेकाे र असार १ गते हिमाली गाउँपालिका वडा न ५ काे कवाडीमा रहेकाे क्वारेन्टाइनमा अारडिटी परिक्षणमा पाेजेटिभ निस्केपछी किन मेराे मात्र पाजेटिभ निकालेकाे भन्दै स्वास्थ्यकर्मी राज बहादुर भण्डारीलाइ गरेकाे अाक्रमणलाइ लिएर सयुक्त रूपमा ज्ञापन पत्र बुझाएकाे बुढिगंगा नगरपनलिका स्वास्थ्य संयाेजक दिपक शाहले बताएका छन् । जनताकाे स्वास्थ्य सुरक्षामा खटीएकाे स्वास्थ्यकर्मीमाथी भएकाे घटनाकाे सत्य तथ्य छानबिन गर्नुपर्ने लगायतका कुराहरू साे ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार