बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज ८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ सय नाघ्यो

सुदूरपश्चिममा आज ८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ सय नाघ्यो

  • आइतवार, असार २१, २०७७
सुदूरपश्चिममा आज ८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ सय नाघ्यो

सुदूरपश्चिममा आईतबार ८५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४, र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीनजनामा कोरोना पुष्टि भएको हो।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुर्नरवास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, धनगढीका २ महिला, टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार