शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • चट्याङ लागेर गम्भीर घाइते बाेहराको २ दिन पछी हेलिकप्टरमार्फत उद्दार

चट्याङ लागेर गम्भीर घाइते बाेहराको २ दिन पछी हेलिकप्टरमार्फत उद्दार

  • आइतवार, असार २१, २०७७
चट्याङ लागेर गम्भीर घाइते बाेहराको २ दिन पछी हेलिकप्टरमार्फत उद्दार

बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा अस्तीराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५ बर्षका सौरे बोहराको हेलिकप्टर मार्फत उद्धार गरिएकाे छ । बाजुरामा उपचार सम्भव नभएपछि आज जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गरीएकाे जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण हिजाे उक्त स्थानमा अवतरण गर्न नसकेका कारण हेलिकप्टर फेर्ता भएको र अाज उद्धार गरी नेपालगंज लगिएकाे समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताए । अाज नेपाली सेनाकाे हेलिकप्टर मार्फत  काेल्टीबाट नेपालगन्ज लगिएकाे गुल्मपती श्रेष्ठले बताएका छन् ।  चट्याङ लागेर ८बर्षका बालक दिपेश बोहराको घटना स्थलमै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार