बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुराको साँफे मार्तडी सडक अबरुद्ध

बाजुराको साँफे मार्तडी सडक अबरुद्ध

  • आइतवार, असार २१, २०७७
बाजुराको साँफे मार्तडी सडक अबरुद्ध

लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि आइतबार बिहाना बाट सडक अबरोध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।
पहिराले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बताए छन् । शुक्रवार देखी आएको वर्षाले द्धारीमा पहिरो गएपछि आइतवार बिहाना बाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
सडक अबरोध भएपनि खुलाउनका लागि पहल भएपनि माथि बाट पहिरो आइरहेको कारणले सडक खुलाउन मुश्किल भएको प्रहरीले जनाएको छ । साँफे मार्तडी सडक खण्डको ठाँउ ठाँउमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको शुशिल थापाले बताएका छन् । त्यस्तै बल्धे नजिकै पुरै सडक भासिएको यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पर्ने अबस्था भएपनि सरकारको वेवास्ताले यो बर्ष पनि जोखिम हुने देखिएको छ ।
दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो । बाजुराका खण्डको बल्धे र पानि नाँउलामा सबै भन्दा जोखिम भएको छ । बल्धेमा त नयाँ ठाँउ बाट सडक लिनु भन्दा अर्को बिकल्प नभएको साँफेबगर डिभिजन कार्यलय बाजुराले जनाएको छ ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष बैकल्पि बाटो नखोले बर्षातमा पुर्ण रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार