शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • विद्यार्थीले बुझाए उपकुलपतिलाई ज्ञापनपत्र

विद्यार्थीले बुझाए उपकुलपतिलाई ज्ञापनपत्र

  • शनिबार, असार २०, २०७७
विद्यार्थीले बुझाए उपकुलपतिलाई ज्ञापनपत्र

त्रि वि Iost का केन्द्रीय विभाग र आङ्गिक क्याम्पसका MSc अध्ययनरत विध्यार्थीहरूको समुहले  सामाजिक दूरी कायम गर्दै त्रि वि का उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र परीक्षा नियन्त्रक को कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका छन्। उक्त समूहमा जम्मा ३० जना विभिन्न केन्द्रिय विभाग र आङ्गिक क्याम्पसबाट विध्यार्थीहरू उपस्थित रहेका थिए। देशभर छरिएर रहेका विध्यार्थीहरूको प्रतिनिधित्व गर्दै विहान ठिक १० बजे त्रि वि घण्टाघर भेला भएर उक्त समूह त्रि वि का सम्बन्धित जिम्मेवार निकाय तर्फ अगाडि बढेको थियो। सिङ्गो मुलुकले करिब ३ महिनाको बन्दाबन्दीको सामना गर्नु पर्यो ।

त्रिविले भर्ना भइसकेको प्रथम सेमेष्टरको विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउने निर्णय गर्यो तर दोस्रो सेमेष्टरको अन्तिम परीक्षा सम्पन्न नभइसकेको विद्यार्थीहरुको हकमा भने केहि निर्णय गर्न सकेन । करिब २ महिना अघि सम्पूर्ण विद्यार्थीहरुबाट आफ्नो विभागमा तेस्रो सेमेष्टरको पनि सँगसँगै पठनपाठन संचालनको लागि आग्रह पनि गरिएको थियो । डीन कार्यलय, त्रिवि कार्य समितिले अनुमति प्रदान गर्न असमर्थ रहँदा विध्यार्थीले करिब दुई महिनाको नोक्सानी व्योहर्न पर्यो ।

अहिलेको अवस्थामा परीक्षा गराउन असम्भव रहेको र यसको कारण लाँखौ दक्ष जनशक्ति तयार पार्ने त्रिविका विद्यार्थीले मात्र नभई सिङ्गो मुलुकले नै क्षती व्यहोर्नु पर्ने विध्यार्थीहरूको तर्क छ। यथाशीघ्र, आन्तरिक मुल्यांकन गर्नको लागि आवश्यक बलिया आधारहरू तय गर्दै सम्बन्धित केन्द्रीय विभाग, आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त कलेज लाई निर्देशन गर्ने र दोस्रो सेमेष्टरलाई पार लगाएर तेस्रो सेमेस्टर सञ्चालन गर्न आधिकारिक सूचना छिटो भन्दा छिटो प्रकाशित गर्ने माग बोकेर त्रि विका विभिन्न जिम्मेवार निकाय तर्फ विधार्थीहरु अगाडि बढेका थिए।

उक्त माग र मुद्दा लाइ लिएर डिन, शिक्षाध्यक्ष र परीक्षा नियन्त्रण कार्यालय प्रमुखले, विधार्थीको यस्तो कदम सराहनिय रहेको र यस विषयमा छिट्टै सम्बोधन गर्ने कुरा उल्लेख गर्नुभयो। यसमा थप्दै सम्बन्धित विभाग र क्याम्पसले यसबारे पहल गर्नुपर्ने थियो तर उताबाट कुनै कदम नचालेको बखतमा पनि विधार्थी बाटै यस्तो विषय उत्थान भएको कुरालाई उहाँहरुले आत्मसाथ गर्ने कुरा जानकारी दिनुभयो। तर उपकुलपति र रजिष्ट्रार ले भने विध्यार्थीको वेवास्ता गर्दै आन्तरिक मुल्यांकन खासै प्रभावकारि नरहने तथा अन्तर्राष्ट्रिय मान्यता पाउने नपाउने विषयमा अध्ययन भैरहेको कुरा उल्लेख गर्नुभयो।

अहिलेसम्म कुनै आधिकारिक निर्णय नहुनुमा उल्टै सम्बन्धित डिपार्टमेन्ट र क्याम्पसलाई दोष दिनुभयो। उहाँहरूको यस अभिव्यक्तिमा विध्यार्थीहरूले खेद प्रकट गरेका छन्। विश्वभर सेमेस्टर प्रणालीको पूर्ण जिम्मा सम्बन्धित क्याम्पसको विभागलाई नै दिइने प्रचलन रहेको र यस भयावह अवस्थामा त्रिविले पनि सेमेस्टर स्त्तरोन्नतीको जिम्मा सम्बन्धित क्याम्पसकै विभागलाई प्रदान गर्ने कुरामा विद्यार्थीहरुको एकमत रहेको कुरा यस अभियानमा सम्लग्न अभियान्ता आकाश घिमिरेले जानकारी गराएका छन।

चर्चामा

सम्बन्धित समाचार