शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदहमा किशोर किशोरीलाई स्वास्थ्य तथा सुरक्षा साम्रागी बितरण

खप्तड छेडेदहमा किशोर किशोरीलाई स्वास्थ्य तथा सुरक्षा साम्रागी बितरण

  • बुधबार, असार १७, २०७७
खप्तड छेडेदहमा किशोर किशोरीलाई स्वास्थ्य तथा सुरक्षा साम्रागी बितरण

खप्तडछेडेदह गाँउपालिकामा किशोर किशोरीलाई स्वास्थ्य तथा सुरक्षा साम्रागी बितरण गरिएको छ । महिला विकास मञ्चले गाँउपालिमा सात वटै वडाका २ सय ८० जना किशोर किशोरीलाई साम्रागी सहयोग गरेको महिला विकास मञ्चका कार्यक्रम संयोजक कृष्णा दानीले वताएकि छन् ।


संकटको बेला किशोर किशोरीलाइ सहयोग होस भन्ने उद्देश्यले किशोरी प्राथमिकता कार्यक्रम (Giral first Found) अन्तर्गत वडामा पुगेर बितरण गरिएको सामाजिक परिचालक देब सेरालाले वताएका छन् । कोरोना संक्रमण बिरुद्ध र बच्नका लागि साम्रागी बितरण गरिएको छ ।
किशोर किशोरीलई एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर ब्रस, साबुन र किशोरीहरुलाई सेनिटरि प्याड सहयोग गरेको थियो । सहयोग गाँउपालिकाको समन्वयमा हस्तान्तण गरिएको थियो । सहयोगले किशोरी किशोरीहरुलाई ठुलो सहयोग भएको गाँउपालिका अध्यक्ष नर बहादुर रावतले वताएका छन् । सरसफाई साम्रागी र सुरक्षा सामाग्रीले केही हद सहयोस सँग उनिहरुलाइ सरसफाईको बानिको बिकास समेत हुने रावतले वताएका छन् ।


सबैले सहयोग गर्दा स्वास्थ्यकर्मी लगायत अरुलाई मात्र सहयोग गर्ने गरेका थिए, महिला विकास मञ्चले किशोरी किशोरीलाई लक्षित गरेर सहयोग गरेको छेडेदह गाँउपालिका ७ वालसमुहकि अध्यक्ष शुसिला वलीले वताएकि छन् । सेनिटरि प्याड सहयोले झनै महिनावारी हुने किशोरीलाई ठुलो सहयोग भएको उनले वताईन् ।


महिला विकास मञ्चले गाँउपालिकामा बालविवाह न्युनिकरण, छाउपडि कुप्रथा अन्त्य र किशोर किशोरी शसक्तीकरणको पक्षमा वकालत गर्दै आएको छ । महिला विकास मञचले गाँउ पालिकामा असाहय तथा गरिब परिवारका १ सय २० जना वालवालिकालाई स्टेश्नरी लुगाकपडा पनि सहयोग गरेको थियो । गाँउपालिकाको टोल टोलमा पुगेर बाल क्लब गठन गर्ने, किशोर किशोरीलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिने भइरहेको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाको अभियानमा महिला विकास मञ्च लगायत गैरसरकारी संस्थाले सहयोग गरिरहेको गाँउपालिका अध्यक्ष नर बहादुर रावतले वताएका छन् । बालक्लबको सहयोगमा गाँउपालिकामा धेरै बालविवाह रोकिएका छन् । मासिक रुपमा टोलटोलमा बालक्लबको बैठक बसेर कुप्रथाका बारेमा छलफल हुने गरेको गाँउपालिका स्तरीय वालसञ्जालका अध्यक्ष मिन बहादुर खडकाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार