शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको पहलमा आएकाे स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण

प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको पहलमा आएकाे स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण

  • सोमवार, असार १५, २०७७
प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको पहलमा आएकाे स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण

पदमबहादुर सिंह/ बाजुरा १५ असार– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बिभागसंग समन्वय र सहकार्यमा गरि बाजुरा पठाएका स्वास्थ्य सुरक्षा सामग्रही हस्तान्त्रण गरिएको छ ।
स्वास्थ्य सुरक्षा सामग्री नेपाल कम्यूनिष्ट पार्टीका सचिब भरत बुढा मार्फत बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई हस्तान्त्रण गरिएको नेकपाका नेता कार्यालय सचिब काँशी बिकले जानकारी दिए ।
बितरण गरिएको सामग्रीहरु गाउन ५० थान, क्याप सर्जिकल क्याप ५० थान, सू कभर ५० थान, एन ९५ कास्क ५० थान, चस्मा सेफ्टी २० थान, मास्क सर्जिकल ३ हजार ५ सय थान, पंजा ५० जोर रहेका छन् ।
जिल्लामा कोरोनाको उपचारमा खटिएका कर्मचारीहरुलाई रोकोना रोकथाप र उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नेता बिकले बताए । सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण ग्रह्रैले सहयोग गरेकोमा नेपाल कम्यूनिष्ट पार्टीलाई धन्यबाद दिदै सामग्री जिल्लामा उपचारमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी वा अन्य कर्मचारीहरुलाई आबश्यकताको आधारमा दिईने बताए ।


सामग्री बितरण कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश सदस्य कमल शाह, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सचिब भरत बुढा, कार्यालय सदस्य गगन रावल, सचिवालय सदस्य तथा जिल्ला अस्पतालका अध्यक्ष भरत थापा, नेपाल कम्यूनिष्ट पार्टीका सचिबालय सदस्य तथा प्रचार बिभाग प्रमुख अम्मर खड्का कार्यलय सचिब काशी बिक लगाएतका नेता तथा कार्यकर्ता रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार