शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा एमसीसी विरुद्ध बयलगाडा र्‍याली

धनगढीमा एमसीसी विरुद्ध बयलगाडा र्‍याली

  • आइतवार, असार १४, २०७७
धनगढीमा एमसीसी विरुद्ध बयलगाडा र्‍याली

धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बयलगाडा र्‍याली निकालिएको छ। ‘बयलगाडा चढेर अमेरिका पुगिन्न, स्वाभिमान बेचेको डलरले समृद्धि भेटिन्न’ भन्दै आइतबार बोलन्या थलीले उक्त र्‍याली निकालेको हो।

धनगढीको क्याम्पस रोडबाट रातोपुलस्थित मुख्यमन्त्री कार्यालयसम्म बयलगाडा र्‍यालीमा राष्ट्रप्रेम भएका युवाहरू स्वतस्स्फुर्त रूपमा सहभागी भएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उनले एमसिसी देशका लागि घातक रहेको भन्दै विगतदेखि नै आफुहरु रचनात्मक ढंगले प्रदर्शन गरिरहेको बताए।  ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर दिएको अभिव्यक्ति अनुसार नै स्वाभिमान बेचेको डलरले समृद्धि भेटिन्न भन्दै हामीले सांकेतीक र्‍याली निकालेका हौं’ संयोजक जोशीले भने।

र्‍यालीमा करिब १५ बयलगाडामा करिब दुई सय युवाहरू एमससीविरूद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालयसम्म पुगेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार