शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाँकेमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँकेमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

  • शुक्रबार, असार १२, २०७७
बाँकेमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँकेको नेपालगन्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा आज उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।
उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ । उनको बयान र अनुसन्धानका आधारमा बैकका प्रबन्धक शाहीलाई प्रकाउ गरिएको हो ।

जसगढमाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लागेको छ । मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनलाई जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ।

प्रहरीले अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बैंकिङ कसुरको मुद्दा चल्दा भने उनी बैंकका थुप्रै खालका अनुसन्धानका दायरामा आउन सक्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार