शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • आरडिटी पोजेटिभ देखिएका २१ जना पेरी पिसिआर रिपोर्ट नआउदै घर गए

आरडिटी पोजेटिभ देखिएका २१ जना पेरी पिसिआर रिपोर्ट नआउदै घर गए

  • मङ्लबार, असार ९, २०७७
आरडिटी पोजेटिभ देखिएका २१ जना पेरी पिसिआर रिपोर्ट नआउदै घर गए

राजेन्द्र राेकाया–  बडिमालिका नगरपालिकाको क्वारेनटाइनमा रहेका आरडिटी पोजेटिभ देखिएका २१ जना आज फेरी पिसिआर रिर्पोट नआउदै घर गएका छन् । यस अघि पनि बडिमालिका नगरपालिकाका ४० जना घर गएको पछिल्लो दिन पोजेटिभ देखिएका थिए । आज बडिमालिका नगरपालिकाको वडा नं ८ मा रहेको बाजुरा क्याम्पसको क्वारेन्टाईनमा राखिएका २१ आज घर गएका हुन् । आरडिटि परिक्षणमा पोजेटिभ देखिएका उनिहरुको पिसिआर रिर्पोट नआउदै घर गएका हुन ।

जिल्ला स्वस्थ्यकार्यलयको तथ्यङक अनुसार बाजुराको बडिमालिका नगरपालिका बाहेकका अन्य स्थानीय तहले भने आरडिटि पोजेटिभ देखिएकाहरु पनी घर पठाएको छैन् । जिल्ला स्वास्थ्य कार्यलयका अशोक कुमार सिंहका अनुसार जिल्ला स्वास्थ्य कार्यलयमा हाल सम्म बडिमालिका नगरपालिका बाहेका स्थानीय तहमा आरडिटि पोजेटिभहरुलाई पिसिआर रिर्पोट नआउदा सम्म घरपठाएका छैनन् । क्वरेनटाइनमा बस्नेहरुले “हामी बिरामी छैनौ २९ दिन सम्म पनि रिपोर्ट आएन हामी बस्दैनौ भनेर आन्दोलन गरिरहेको अवस्थामा स्वास्थ्यय मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त निर्देसिका र पत्र अनुसार १४ दिन पुराभएकाले घरपठाएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका कार्यलय प्रमुख दयाकृष्ण पन्तले बताउनु भयो” क्वारेन्टाईनमा बसेको २९ दिन सम्म पिसिआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाईनबाट २१ जना आज घर गएका हुन् । उनीहरु क्वारेन्टाईनमा बसेको २९ दिन बितिसक्दा समेत आफ्नो रिपोर्ट अनाएको भन्दै उनिहरु क्वारेन्टाईबाट घर गएईसकेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता दानबहादुर रोकायाले जनकारी दिनु भयो ।

प्रबक्ता रोकायाका अनुसार आ २१ जना घर गएको कुरा बडिमालिका नगरपालिकालाई समेत जानकारी गराइएको छ । तर बडिमालिका नगरपलिकाले भने बाजुरा क्वाम्पसमा रहेकाहरु घर गएको बारेमा कुनै जनकारी नरहेको बताएको छ । बिषयमा बेखबर बनेको छ । नगर प्रमुख उप प्रमुख कविता विष्ट र वडा नं ८ का वडा अध्यक्ष प्रकाश रालले अध्यक्षलाई उनिहरु घर गएको आफुलाई केहि पनि जाकारि नभएको प्रतिक्रिया दिएका छन् ।।

चर्चामा

सम्बन्धित समाचार