सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ४
  • आइतबार बिहान थपिए १६ संक्रमित, गण्डकीमा संक्रमितको कुल संख्या ५ सय नाघ्यो

आइतबार बिहान थपिए १६ संक्रमित, गण्डकीमा संक्रमितको कुल संख्या ५ सय नाघ्यो

  • आइतवार, असार ७, २०७७
आइतबार बिहान थपिए १६ संक्रमित, गण्डकीमा संक्रमितको कुल संख्या ५ सय नाघ्यो

पोखरा – गण्डकी प्रदेशमा आइतबार बिहान १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको गलकोट नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकामा १ रहेका छन् । बागलुङका ९ संक्रमितमध्ये सबै जना पुरुष हुन् । यस्तै, रघुंगंगा गाउँपालिका म्याग्दीका दुई महिला, एक पुरुष तथा मंगला गाउँपालिकाका एक पुरुष गरि म्याग्दीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

तनहूँको ऋषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा दुई पुरुष गरि आइतबार १६ नयाँ संक्रमित थपिएका हुन् । शनिबार मुस्ताङमा पनि एक संक्रमित थपिएसँगै गण्डकीको एघारै जिल्लामा कोरोना संक्रमण पुगेको छ । पटिल्लो अपडेटअनुसार १६ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ५ सय ४ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार