आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा: कोरोना संक्रमित स्वास्थ्यकर्मी मार्तडीका बजार, होटल र नगरपालिका चार्हदै थिए

बाजुरा: कोरोना संक्रमित स्वास्थ्यकर्मी मार्तडीका बजार, होटल र नगरपालिका चार्हदै थिए

  • शनिबार, असार ६, २०७७
बाजुरा: कोरोना संक्रमित स्वास्थ्यकर्मी मार्तडीका बजार, होटल र नगरपालिका चार्हदै थिए

बाजुरामा .६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको छ । बिहिवार आएको रिपोटमा ६ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।
संक्रमण मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एकजना अस्पतालको कर्मचारीमा भेटिएका हुन् । सबैजना उपचारमा तथा चेकजाँच गरिरहेकामा देखा परेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
संक्रमित भएका स्वास्थ्यकर्मीलाइ क्वारेनटाइनमा राखिएको बताएपनि उनिहरु भने रिपोट नआउदाका दिन सम्म बजार घुमिरहेका स्थानियले वताएका छन् । क्वारेनटाइनमा बसेका भएपनि खाजा खान देखी लिएर खुलेआम बजार घुमिरहेका थिए, पछि तिनलाइ नै संक्रमण देखिएपछि मार्तडीबासि निकै त्रसित भएका छन् ।
त्यस्तै ति स्वास्थ्यकर्मीहरु बडिमालिका नगरपालिमा आउने काम गर्ने गरिरहेका थिए । नगरपालिका एक कर्मचारीले भने उनिहरु सधै अफिस आएको देखिन्थे, कुनै साबधानि अपनाएको थिएन्, उनिहरुमा नै संक्रमण देखिएको सुन्दा त उनिहरुले धेरैलाई सारिसकेको हुन सक्ने बताएका छन् । उनिहरुलाइ यसरी बजार किन घुमेको भन्दा हामीलाइ कहाँ कोरोना लाग्छ, लागेपनि केही हुन्न, हामी सुरक्षित छौ भन्ने गरेका थिए, एक ब्यापारिले वताए ।
उनिहरुको स्वाब संकलन ३१ गते गरिएको थियो, त्यो भन्दा पहिला पनि बिहिवार रिपोट आउने दिन सम्म उनिहरु खुलेमखुल्ला बजार घुमिरहेका थिए, होटलमा खाजा खाइरहेका थिए, एक होटल ब्यवसाहिले वताएका छन् । उनिहरु धेरैको जनसम्पर्कमा गएपनि उनिहरुका सम्पर्कमा आएका कसैको पनि आरडिटि तथा स्वाब संकलन गर्न भने कुनै पहल भएको छैन् ।
बिहिवार बाजुरामा ४१ जना कोरोना संक्रमित पुष्टि भएको थियो । ४१ जना मध्ये ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । ४० जना संक्रमित बडिमालिका नगरपालिकामा बसोवास गर्ने हुन्, भने १ जना बुढिगंगा नगरपालिकाको रहेका छन् । बाजुरामा ७० जना संक्रमित पुगका छन् । बाजुरा २ बर्षिय वालिकाको मृत्यु भइसकेको छ, भने एक जना कोरोना जितेर घर फर्किसकेका छन् । १ जनालाइ होम आइसोलेसन बस्ने गरि डिस्चार्ज गरेको छ । १७ जना धुरालसैन क्वारेनटाइनमा उपचार बसिरहेका छन्, भने एकजना धनगढिमा उपचार गराइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार