आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

  • शुक्रबार, असार ५, २०७७
अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

बाजुरा–  बाजुरा जिल्लाको नेपाल कम्नियुष्ट पार्टी नेकपाको पाटी कार्यालयमा हिजो राती परेको अबिरल बर्षासंगै आएको बाढिले लाखौको क्षेती पुर्याएको छ । हिजो राती परेको अबिरल बर्षासंगै आएको बाढिले नेकपा बाजुराको पार्टी कार्यालयमा ५ लाख बराबरको क्षेती बनाएको नेकपा बाजुराका पार्टी सचिव भरत बुढाले जानकारी दिएका छन् ।

पार्टी कार्यालय संगै निजिकै रहेको एक जना स्थानीयको घरमा समेत क्षेती पुगेको सचिव बुढाले बताए ।  पार्टी कार्यालय बाजुराको माथी सडक निर्माण भएरको एकएक पानी पर्दा सडको माटो र माथी पट्टिबाट आएको पहिरोका कारण क्षेति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मार्तडी कोल्टी सडको नजिकै रहेको नेकपा पार्टी कार्यलयमा सडकबाट आएको भेल र सडको माथीतिर फुटेको पहिरोका कारण नेकपा पाटी कार्यालय संगै एक जना स्थानीयको घरमा समेत क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन् । पाटि कार्यलयमा रहेका सचिवलयको कार्यकक्ष इन्चार्जको कार्यकक्ष लगायतका कक्षहरुमा धेरै क्षेती भएको नेकपा बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार