मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा ९ सय १९ जनालाई आरडिटि पोजेटिभ

बाजुरामा ९ सय १९ जनालाई आरडिटि पोजेटिभ

  • बिहिबार, असार ४, २०७७
बाजुरामा ९ सय १९ जनालाई आरडिटि पोजेटिभ

बाजुरा जिल्लामा केही दिन यता भारत बाट आएकाको आरडिटि परिक्षण गर्ने शुरु गरिएको छ । जसमा ९ सय १९ जनालाइ पोजेटिभ देखिएको छ । नेगेटिभ देखिएका सबैलाई घर पठाउने काम गरेको छ भने पोजेटिभ भने सम्बन्धित क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
आरडिटि पोजेटिभ देखिएको ९सय १९ जना, १७ जना कोरोना संक्रमित रहेका छन् । आरडिटि पोजेटिभ देखिएका कसैको स्वाब संकलन गरेर धनगढी पठाइसकेको छ भने केहीको पठाउने क्रम रहेको छ । सबै जना क्वारेनटाइनमा बसेका थिए त्यहि ठाँउमा आइसोलेसनमा राखेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
आरडिटिको बिश्वसनियता कम भएपनि बाजुरामा भने भारत बाट आएका सबैलाई आरडिटि गर्ने गरेको छ । केहि दिन यता आरडिटि पोजेटिभ देखिएका स्वामिकार्तिक गाँउपालिकाको ३ जना, बडिमालिका नगरपालिकाका ९० जना, गौमुल गाँउपालिकाका ६० जना, खप्तडछेडेदह गाँउपालिमा ८० जना र बुढिगंगा नगरपालिकाका ३ सय ८४ जना रहेका छन् । सबै भन्दा त्रिबेणी नगरपालिकामा २ सय ९७ जना आरडिटि पोजेटिभ रहेका छन् । त्यस्तै जिल्ला अस्पताल बाजुरामा पनि ३ जनामा आरडिटि पोजेटिभ देखिएको छ ।
पोजेटिभ भएका सबै सम्बन्धित क्वारेनटाइनमा बसिरहेका छन् । कसैलाई पनि स्वास्थ्य समस्या नभएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्, कसैलाई स्वास्थ्य समस्या देखा परेमा जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा ल्याउने रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार