आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा सञ्चो नहुदै आइसोलेसनमा भर्ना भएकि कोरोना संक्रमित महिला घर पठाइयो

बाजुरामा सञ्चो नहुदै आइसोलेसनमा भर्ना भएकि कोरोना संक्रमित महिला घर पठाइयो

  • बिहिबार, असार ४, २०७७
बाजुरामा सञ्चो नहुदै आइसोलेसनमा भर्ना भएकि कोरोना संक्रमित महिला घर पठाइयो

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा भर्ना भएकि २३ बर्षिय महिलालाई कोरोना सञ्चो नहुदै घर पठाईएको छ । २३ बर्षिय महिला सँग उनी सँग रहेका २४ बर्षिय उनका श्रीमान पनि घर पठाईएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
जेठ १५ गते भर्ना भएकि महिलाको २ बर्षकि छोरीको कोरोनाका कारणले जेठ १८ गते मृत्यु भएको थियो, भने उनलाई पनि संक्रमण देखाएको थियो । उनका श्रीमानमा भने पिसिआर रिपोट नेगेटिभ आएकोे थियो । दोस्रो पटक उक्क्त महिलामा जाचँ गर्दा पुन कोरोना पोजेटिभ देखिएको थियो ।
जिल्ला अस्पताल बाजुराले विज्ञप्ती निकाल्दै आइसोलेसन कक्षमा १४ दिन पुरा गरिसकेको, अबस्था सामान्य रहकोले र कोभिड १९ केश आइसोलेसन सम्बन्धी ब्यबस्थापन निर्देशिकाको बुदा नं. २.३ को क अनुसार १ हप्ता होम आइसोलेसन बस्ने गरि घर पठाएको जनाएको छ ।
अस्पतालका प्रमुख बिश्वकर्माले भने पिसिआर रिपोट पोजेटिभ भएपनि उनमा कुनै लक्षण चिन्ह र अबस्था सामान्य रहेकोले घरमा होम आइसोलेसनमा बस्ने भएपछि घर पठाएको वताएका छन् । उनि बुढिगंगा नगरपालिका १ धुरालसैन क्वारेनटाइनमा बसेकि थिइन् । उनि बसेको क्वारेनटाइनमा १९ जनालाई कोरोना पुष्टि भइसकेको छ । १७ जना धुरालसैन माबिको क्वारेनटाइनमा नै रहेका छन् । ठिक नभएको महिलालाई घर पठाउदा स्थानिय भने त्रसित भएका छन् । सरकारले गाँउमा होम आइसोलेसन बस्ने भनेपनि घरमा त्यस्तो ब्यबस्थापन नभएकाले जोखिम बढने बताएका छन् । अलगै राख्ने घर पनि नहुनु, धारा शौचालय एउटै रहेका छन् ।
बाजुरामा अहिले सम्म २१ जना कोरोना संक्रमित भेटिएका छन् । २ बर्षिय वालिकाको मृत्यु भइसकेको छ भने १ जना कोरोना जितेर घर फर्किसकेका छन् । १७ जना धुरालसैन माबिको क्वारेनटाइनमा बसेका छन्, भने एकजना संक्रमित धनगढीमा रहेका छन् । ९ सय ३८ जनालाई आरडिटि पोजेटिभ देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार