शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • प्रदेश ४
  • पहिरोले घर बगायो, २ को मृत्यु, ६ बेपत्ता

पहिरोले घर बगायो, २ को मृत्यु, ६ बेपत्ता

  • आइतवार, जेष्ठ ३२, २०७७
पहिरोले घर बगायो, २ को मृत्यु, ६ बेपत्ता
फाइल तस्बीर

कास्की — पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार राति पहिरो भएको छ । अविरल वर्षापछिको पहिरोले २ घर बगाउनुका साथै ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । यसैगरी दुई जनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको रातोपाटीलाई टेलिफोनमा जानकारी दिए । यस्तै केही व्यक्ति बेपत्ता भएको जानकारी आएपनि के कति संख्यामा बेपत्ता भए भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।

यता पर्वतस्थित नेपाली सेनाका मेजर अर्जुन दुलालले ६ जना हराएको आशंका गरिएको बताए । ढकाल थरमा गएको पहिरोले २ घर बगाएको र एक घरमा क्षति पुगेको जानकारी भन्दै उनले ६ जना बेपत्ता भएको खबर स्थानीयले दिएको उनले रातोपाटीलाई बताए । स्थानीयले ८ जना सम्पर्कमा नभएकाे जानकारी गराएकाेमा २ जनाकाे शव भेटिएकाे र अन्यकाे खाेजीकार्य भइरहेकाे उनकाे भनाइ छ ।

अहिलेपनि घटनास्थलमा वर्षा चलिरहेकाले विभिन्न कठीनाइका बीच उद्धार चलिरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार