शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ५
  • दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

दाङका अस्पतालहरुले क्रिटिकल केस भन्दै भर्ना लिएनन्

  • शनिबार, जेष्ठ ३१, २०७७
दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

दाङ — दाङमा क्‍वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्‍वारेन्टिनमा बसेका १८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमीत खड्काले जानकारी दिएका छन्।

माण्डवी गाउँपालिका ४, आँपचौर प्यूठानका ती युवा जेठ ११ गते क्‍वारेन्टिनमा बसेका थिए । प्रवक्ता खड्काका अनुसार उपचारका लागि बुटवल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । जिल्लास्थित कुनै पनि अस्पतालले क्रिटिकल केस भन्दै भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
‘‘क्‍वारेन्टिनमा बसेका युवालाई श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकामा उनलाई त्यहाँ भर्ना गर्न मानिएन । त्यसपछि कोरोना विशेष अस्पताल बेलझुन्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि भएकालाई मात्रै भर्ना गरेर उपचार गर्ने बताएपछि बुटवल लगिएको थियो तर उनको जितपुर भन्‍ने स्थानमा मृत्यु भएको हो,’’ प्रवक्ता खड्काले भने ।

मृत्यु भएका व्यक्तिको पीसीआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन । जेठ २२ गते स्वाव संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, अझैं रिपोर्ट आएको छैन ।

चर्चामा

सम्बन्धित समाचार