शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको भौनेरा क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या

बाजुराको भौनेरा क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुराको भौनेरा क्वारेन्टाइनमा एक युवकले गरे आत्महत्या

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा रहेको सत्यबादी माध्यामीक बिद्यालयको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न २ माझिगाउँका बर्ष ४५ का युबक रहेका छन् ।

उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराईले बताएका छन् । के कती कारणले आत्महत्या गरेको भन्ने कुरा अनुसन्धन पछि मात्र जानकारी हुने प्रहरी प्रमुख भट्टराईले बताएका छन् ।
थप अनुसन्धनका लागि इन्सपेक्टरको नेतृत्वमा घटना स्थल गइसको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका २ माझीगाउँ घर भएका युवक  घाटीमा डाेरी लगाएर आत्महत्या गरेकाे बुझीएकाे छ ।

 साँझ ८ः३० बजेतिर डाेरीकाे पासाे लगाएर झुन्डीएकाे अबस्थामा उनी संगै बसेका मान्छेले फेला पारेकाे प्रहरीकाे श्राेतले जनाएकाे छ । अहिले त्यहाँ १६ जना क्वारेन्टाइनमा बरिहेका छन् . । जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते  बाजुरा पुगेकाे जनाएकाे छ । ४ बर्ष भारतमा बसेर २ दिन अगी घर नजिककै क्वारेन्टाइनमा बसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार