शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • १३ सन्तान जन्माउने ४२ बर्षिय पुर्वा नेपालीको घरमा खाद्य संकट (भिडियाे सहित‌)

१३ सन्तान जन्माउने ४२ बर्षिय पुर्वा नेपालीको घरमा खाद्य संकट (भिडियाे सहित‌)

उदारोमा ल्याएको भैसीको पैसा तिर्न नसकेपछि साहुँले फिर्ता लिए

  • शुक्रबार, जेष्ठ ३०, २०७७
१३ सन्तान जन्माउने ४२ बर्षिय पुर्वा नेपालीको घरमा खाद्य संकट (भिडियाे सहित‌)

बुढिनन्दा नगरपालिका १ बस्ने ४२ बर्षिय पुर्वा नेपालीको घरमा चरम खाद्य संकट भएको छ । १३ सन्तान जन्माएकि पुर्वाका हाल ७ जना बच्चा जिवित रहेका छन् । गरिब र दलित परिवार रहेको पुर्वालाइ दैनिक खाद्यन्न जोहो गर्न निकै समस्या भएको छ । लकडाउनको बेला कतै काम नपाएपछि बिहान बेलुका छाक टार्न निकै धौ धौ भएको छ ।
उनका श्रीमान शारिरिक रुपमा अशक्त रहेका छन् । सानो ४ महिनाको दुधे वालक रहेको छ । एकातिर धेरै बच्चा पाँउदा शारिरिक रुपमा निकै कमजोर रहेकि पुर्वाको अर्कोे त बच्चालाई दुध चुसाउनका लागि दुध समेत नआउने गरेको छ । सुत्केरी हुँदा आफ्नो दूध पटक्कै नआउने र दूध किनेर खुवाउने पैसा गरिवीका कारण नहुँनाले ५ छोरा र १ छोरीको मृत्युु भएको उनि बताँउछन । मागेर परिवार पाल्ने गरेको छु, पोषिलो खानेकुरा त धेरै टाढाको रहेको उनले वताईन् ।
पुर्वाको साथमा ६ छोरी र ४ महिनाको १ छोरा छ । लकडाउँनमा काम गर्न नपाएर घरमा खाना पनि छैन । छोरा पनि बिरामी छ । उपचार गर्ने र दूध किन्ने पैसा छैन । श्रीमान शारीरिक अशक्त छन, पुर्वाले दुखेसो पोखिन् । नगरपालिका ले दिएको ६० किलो चामल सकिएको १ हप्ता भएको छ, अहिले छाक टार्न निकै समस्या भएको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् । सम्पत्तिका नाममा खरले छाएको एक छाप्रो मात्र घर छ, शौचालय लगाउने ठाँउ समेत नरहेको छ ।
पिसवीन नामक गैरसरकारी संस्थाले रु ५ हजार दिएको बाट उधारो भैंसी नावालक छोराको लागि किनेर ल्याएँ तर, पनि साहुले पैसा पुरै नदिएको भन्दै फिर्ता लगि सकेको रुदै पुर्वाले वताईन् । पैसा भएपछि बच्चाका लागि दुध चाहिने थियो, खान नपाएर बच्चा पनि कुपोषित रहेको पुर्वाले वताईन् । पुर्वालाई लाई कोरोना भाईरसको पटक्कै डर छैन । आँखा भरी आँसु गर्दै भनिन, बरु यति पीडा सहेर वाँच्नु भन्दा मर्नु आन्नद छ, उनले वताईन ।

https://www.youtube.com/watch?v=MFdeI_6gvTw&t=1s

चर्चामा

सम्बन्धित समाचार