शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका १७ जना कोरोना संक्रमितलाई सम्बन्धि क्वारेनटाइनमै राखिने

बाजुराका १७ जना कोरोना संक्रमितलाई सम्बन्धि क्वारेनटाइनमै राखिने

  • बिहिबार, जेष्ठ २९, २०७७
बाजुराका १७ जना कोरोना संक्रमितलाई सम्बन्धि क्वारेनटाइनमै राखिने

बाजुराको बुढिगंगा नगरपालिकाका १७ जना कोरोना संक्रमितलाई धुरालसैन माबिको क्वारेनटाइनमै राखिने भएको थियो । उनिहरुलाई छुटै गरेर त्यहि क्वारेनटाइनमा राखिने भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बडिमालिका खबरलाइ बताएका छन् ।
जेठ १९ गते पिसिआर संकलन गरेर धनगढी लगिएको स्वाबको रिपोट १० दिन पछि बिहिवार मात्र रिपोट आएको थियो । एउटै क्वारेनटाइनमा १७ जना भेटिएका छन् । कसैलाई त्यस्तो अफ्ठयारो भएको छैन्, सामान्य अबस्था रहेको स्वास्थ्यकर्मीले वताएका छन् । नगरप्रमुख दिपक शाह क्वारेनटाइनमा पुगेर उनिहरुको बिद्यालयको क्वारेनटाइनमा अलगै राख्ने ब्यबस्थान गरेको वताएका छन् ।
क्वारेनटाइनमा बसेका १७ जनालाई कोरोना पुष्टि भएका सबै भारत बाट आएका हुन् । नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो । जसमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
१७ जना संक्रमित सँग बसेका अन्य ६६ जनालाइ अलगै राखिएको छ, उनिहरुको पिसिआरका लागि फेरी स्वाब संकलन गर्ने तयारी रहेको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार