मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुराका क्वारेन्टाइनमा सन २०१७ का चामल खुवाउदै

बाजुराका क्वारेन्टाइनमा सन २०१७ का चामल खुवाउदै

  • बिहिबार, जेष्ठ २९, २०७७
बाजुराका क्वारेन्टाइनमा सन  २०१७ का चामल खुवाउदै

चक्र बहादुर अएडी–  बाजुराकाे त्रिबेणी नगरपालिकका क्वारेन्टाइनहरूमा सन २०१७ काे म्याद भएका चामलहरू खुवाउने गरेकाे पाइएकाे छ । त्रिबेणी नगरपािलकाका बिभन्न क्वारेन्टाइनहरूमा यस्ताे गरेकाे पाइएकाे छ ।

त्रिवेणी नगरपालिकाका प्रत्येक क्वारेन्टाईनमा २०१७ को म्याद गुज्ज्रेका चामल बितरण गरिएको पाईएको हाे ।  त्रिवेणी नगरपालिका वडा नम्वर ३ को क्वारेन्टाईनमा म्याद गुज्ज्रेका चामल खाएर २ व्यक्तिमा पखाला समेत चलेको क्वारेन्टाईनमा बसेका एक व्यक्तिले बताए  । क्वारेन्टाइनमा बसेका मान्छेले म्याद सकिएकाे चामल खाएर पखाला चलेपछी साे कुरा बाहिर अाएकाे हाे ।
बुढीगंगा नगरपालिकाको बाम्का बजारको सन्देश जनरल स्टोर बाट लिएको चामलको कट्टमा सन २०१७ दलेखेको र मेटाएर २०२० लेखेको देखा परेको बताइएकाे छ । आफ्नो पसलबाट त्रिवेणीका सात ओटा क्वारेन्टाईनमा आफुले वितरण गर्दै गरेको सन्देश जनरल स्टोरका प्रो प्राइटर भगतराज गीरीले बताए । गीरीका अनुसार कम्पनिका चामल पुगेको १ हप्ता मात्र भएको र धेरै चामल बितरण गरिसकेको र ५० कट्टा बाँकी रहेको छ यसको गुणस्तर मापन गरिदिए राम्रो हुने बताएका छन् ।

आफ्नो कुनै कमजोरी नभएको र कम्पनीले यसरी पठाउदा लकडाउनका कारण कट्टा अभाव भएको र चामल नयाँ रहेको भनेपछी आफुले बितरण गरेको गिरीले बताए । सो पसल बाट त्रिबेणी नगरपालिका ७ ओटा क्वारेन्टाइनमा सो चामल बितरण गरीएको छ । यता वडा अध्यक्ष मिन भण्डारीका अनुसार अाफुलाइ कुनै जानकारी नभएकाे बताएका छन् । यदि त्यस्ताे चामल अाएकाे भए तत्तकाल छानबिन गरी बितरण गर्ने साहुलाइ कार्बाहीकाे दायरामा ल्याउने वडाअध्यक्ष भण्डारीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार