• होमपेज
  • बाजुरा बिशेष
  • धुरालसैनका थप १३ जनाको पिसिआर नेगेटिभ

धुरालसैनका थप १३ जनाको पिसिआर नेगेटिभ

  • बिहिबार, जेष्ठ २९, २०७७
धुरालसैनका थप १३ जनाको पिसिआर नेगेटिभ

बाजुरा — बुढिगंगा नगरपालिका वडा न १ मा रहेकाे धुरालशैन माबीकाे क्वारेन्टाइनमा रहेका १३ जनाकेा रिपाेट निगेटिभ अाएकाे छ ।

बाजुरा बाट पठाएको अरु नमुना परिक्षण भैरहेको जानकारी प्राप्त भएको छ ।  बाकी रहेकाहरूकाे रिपाेट पनी अाउने क्रममा रहेकाे स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

जिल्ला बाट २ सय ५४ जनाको स्वाब संकलन गरेर पठाईएको थियो बाकिको पनि आउने क्रम रहेको उनले वताएका छन् । कोरोनाका कारणले बालिकाको मृत्यु र आमा संक्रमित पुष्टि पछि, उनिहरु बसेको धुरालसैन क्वारेनटाइन, उनिहरु आएको बसको, स्वास्थ्यकर्मी र प्रहरीको २० गते स्वाब संकलन गरेर धनगढी पठाएको थियो ।
१९ गते १ सय ८७ जना, २२ गते २० जना र २३ गते ४४ र २४ गते ३ जना गरि जम्मा २ सय ५४ को स्वाब संकलन गरेर धनगढी पठाएको भएपनि १९ गतेको पनि रिपोट नै नआएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । स्वाब संकलनको रिपोट ढिला हुने र प्रयोगशामा धेरै स्वाबको रिपोट आउन बाकि रहेपछि प्रदेश सरकारले ५ दिन सम्म स्वाब संकलन नगर्ने जिल्लामा पत्रचार गरेको थियो । पुरानै रिपोट आउन बाकि छ, आरडिटि पोजेटिभको स्वाब संकलन गर्न नसकेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार