शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कोरोना महामारीका बेला मन्त्रीलाई महंगो गाडी किनिँदै

कोरोना महामारीका बेला मन्त्रीलाई महंगो गाडी किनिँदै

  • शुक्रबार, जेष्ठ २३, २०७७
कोरोना महामारीका बेला मन्त्रीलाई महंगो गाडी किनिँदै

विराटनगर : कोरोना भाइरसको त्रास बढिरहेका बेला प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले महँगा गाडी खरिदको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ।
मन्त्रालयले तीनवटा गाडी खरिदका लागि गरेको पछिल्लो तयारी निक्कै विवादित बनेको छ।

मन्त्री जगदीशप्रसाद कुसियैतका लागि दुई करोड सात लाख ५० हजार रुपैयाँको सुविधा सम्पन्न गाडी खरिद गर्ने निर्णय गर्दै मन्त्रालयले २०७६ फागुन १८ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो। त्योसँगै ८५ लाख ४८ हजार रुपैयाँ दरका अरु दुईवटा पीकअप गाडी पनि खरिद गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो।

मन्त्रालयका प्रवक्ता अनिरुद्र साहले एउटा गाडी मन्त्री कुसियैत तथा अरु दुईवटा डिभिजन वन कार्यालय तेह्रथुम र भोजपुरका लागि खरिद गर्न लागिएको जानकारी दिए। ‘चढ्नलाई गाडी नभएपछि मन्त्रीज्यूका लागि खरिद गर्नै पर्ने अवस्था आयो,’ उनले भने, ‘गाडी नहुँदा तेह्रथुम र भोजपुर डिभिजन वन कार्यालयको काम कारबाही पनि प्रभावित बनिरहेका थिए।’

मन्त्री कुसियैत कोे १ झ ५६९ नम्बरको टाटा सुमो गाडी चढ्दै आएका छन्। उनका लागि नयाँ गाडी खरिद भएपछि टाटा सुमो राज्यमन्त्री विजय विश्वासले प्रयोग गर्ने मन्त्रालयका प्रवक्ता साहले बताए। मन्त्री कुसियैत प्रदेश सरकारका कोरोना रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन समिति संयोजक पनि हुन्।

कोरोना भाइरसले सबै क्षेत्र आक्रान्त बनिरहेका बेला मन्त्रीका लागि महँगो गाडी खरिद गर्न लागिएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ। तीनवटै गाडी खरिदका लागि मन्त्रालयले जेठ १२ गते बोलपत्र स्वीकृत गरेको छ। बोलपत्र स्वीकृत गर्दै काठमाडौंको पायोनियर मोटो कर्पोरेसन प्रालिसँग दुई करोड सात लाख ५० हजार र काठमाडौंकै सिप्रदी टे«डिङ् प्रालिसँग ८५ लाख ४८ हजार रुपैयाँका दुईवटा गाडी खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याइएको प्रवक्ता साहको भनाइ छ।

उनका अनुसार गाडी खरिदको निर्णयपछि पहिलो पटक फागुन १८ गते एक महिने सूचना जारी गरिएको थियो। तर कोरोना भाइरसको संक्रमण फैलन नदिन चैत ११ बाट लकडाउन भएपछि गाडी खरिद प्रक्रिया लम्बिएको साहको भनाइ छ। ‘चैत १८ मै बोलपत्र स्वीकृत गर्दै काम अघि बढाउनु पर्ने भए पनि लकडाउनले सम्भव भएन,’ उनले भने, ‘त्यही भएर अहिले प्रक्रिया अघि बढाइएको हो।’अहिलेसम्म मन्त्रालयले गाडी खरिद नगरेको बताउँदै साहले पछिल्लो समय अति नै आवश्यक परेकाले खरिद गर्नै पर्ने अवस्था आएको दाबी गरे।

मन्त्री कुसियैतले सीमित साधनका कारण गाडी खरिद गर्नु पर्ने अवस्था आएको दाबी गरे। ‘संरचनागत रुपमा ठूलो भएको मन्त्रालयमा राज्यमन्त्री पनि थप भएपछि झन् साधनको अभाव खड्कियो,’ उनले भने, ‘स्रोत, साधन सीमित हुँदा हामी धेरै दुःखले चलिरहेका थियौं।’

कुसियैतले अहिलेसम्म मन्त्रालयले अतिरिक्त रुपमा गाडी खरिद नगरेको दाबी पनि गरे।  एउटा टाटा सुमो भएको पनि कोरोना अस्पताललाई दिनु परेपछि मन्त्रालयमा झन् सवारी संकट परेको उनको दाबी छ।

मुलुकको अर्थतन्त्र नै धाराशायी र जर्जर भइरहेको बेला मन्त्रीका लागि महँगो गाडी किन्ने प्रक्रिया अघि बढाउनु सान्दर्भिक नभएको नागरिक अगुवा उत्तम ढुंगेलको भनाइ छ। ‘कोरोनाबाट थला परेको अर्थतन्त्रलाई टिकाइ राख्न सबैतिर भइरहेका अनावश्यक खर्च घटाउनुपर्ने आवाज उठिरहेको छ। उनले भने, ‘तर मन्त्री भने खर्च कटौती भन्दा पनि महँगो गाडी चढ्ने होडमा लाग्नु दुर्भाग्यपूर्ण हो।’

 कोरोना संक्रमण फैलिएर मुलुकमा जनताले दुःख पाइरहेका बेला पनि जनप्रतिनिधिको शोखको लागि खरिद प्रक्रिया नरोकिनु दुःखद् भएको उनले बताए।  विपक्षी दलहरुले पनि कोरोना त्रासमा जनता भोकभोकै भइरहदाँ प्रदेश सरकारको गाडी खरिद गर्ने निर्णयमा आपत्ति जनाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालाले अहिले सरकारका लागि गाडी किन्ने उपयुक्त समय नभएको बताए। ‘जनता राहत नपाएर भोकैभोकै छन्,’ उनले भने, ‘कोरोना परीक्षण गर्न नसकेर नसकेर जनता आतंकित र त्रसित भइरहेका बेला आफ्ना सुविधाका लागि गाडी खरिद गर्न भने अग्रसर हुनु खेदजनक छ।’

कोरोनाविरुद्ध लड्न अग्रपंक्तीमा खटिएकालाई सहयोग गर्नु पर्ने बेलामा मन्त्री नै महँगो गाडीमा लोभिनु संघीयताका बारेमा र प्रदेशका जनतामा राम्रो सन्देश नजाने कोइरालाको भनाइ छ। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार