बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कोरोना बिरामीको उपचारमा सलंग्न यि महान चिकित्सक डा. रुपचन्द्र बिरामीको उपचार मात्र हैन, आर्थिक सहयोग समेत गर्छन

कोरोना बिरामीको उपचारमा सलंग्न यि महान चिकित्सक डा. रुपचन्द्र बिरामीको उपचार मात्र हैन, आर्थिक सहयोग समेत गर्छन

  • बिहिबार, जेष्ठ २२, २०७७
कोरोना बिरामीको उपचारमा सलंग्न यि महान चिकित्सक डा. रुपचन्द्र बिरामीको उपचार मात्र हैन, आर्थिक सहयोग समेत गर्छन

 लक्ष्मीराज पाध्याय–  कोभिड १९ ले बिश्वनै त्रसित बनेको छ । नेपालमा अलि पछाडी कोरोनका संक्रमण फैलिएन शुरु भएपनि अहिले तिब्र रुपमा फैलिरहेको छ । भारत बाट आउनेको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ भने, १० जनाको मृत्यु समेत भइसकेको छ । यो बेला उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि निकै त्रसित बनेका छन् ।

बाजुरा जिल्लामा पनि आरडिटि चेकमा पोजेटिभ देखिनेको सख्या बढिरहेको छ । एकजना २ बर्षयी वालिकाले जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतवार बिहाना मृत्यु भइसकेको छ । उनकि २३ बर्षिय गर्भवति आमा संक्रमित छन्, उनको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनका श्रीमान संक्रमित नभएपनि त्यहि आइसोलेसनमा रहेका छन् । कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी पनि निकै जोखिममा हुने गरेका छन् ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा सहितको टिम कोरोना बिरामीको उपचारमा संलग्न रहेका छन् । डा. बिश्वकर्मा भन्छन्, उपचार गर्दा गर्दै वालिकालाई बचाउन सकेनौ निकै पछुतो लागि रहेको छ् । धेरै प्रयास गरयौ, वालिका बचाउन सकेनौ आमाको स्वास्थ्य भने सामान्य रहेको वताएका छन् । अस्पताल पु¥याउँदा बालिका अचेत अवस्थामा थिइन् । मुटुको धड्कन तीव्र गतिमा चलिरहेको थियो । ज्वरो उच्च थियो, स्वास फेर्न पनि गाह्रो भइरहेको थियो । झाडापखाला भइरहेकै थियो । हामीले त्यो दिन नशाबाट औषधि दियौं । शरीरमा अक्सिजनको मात्रा पनि निकै कम देखिएकाले अक्सिजनको व्यवस्था मिलायौं ।

स्लाइनबाट औषधि दिइसकेपछि बालिकाले हलचल गरिन्, अन्तमा मृत्युको मुखमा पुगिन् । आइसोलेसनमा रहेका २ जना र मृतक वालिका १५ गते अस्पतालको आइसोलेनमा ल्याइएको थियो । वालिकामा ल्याउने बेलानै कोरोनाको लक्षण देपा परेको थियो, अस्पतालको टिमले सल्लाह गरेर ५ जनाको टिम उपचारमा खटिएको बिश्वकर्माले वताएका छन् । हामि सबै साथिहरु आत्माबलका साथमा उपचारमा संलग्न रहेको छौ, स्वास्थ्यर्कीले गर्न सक्ने सेवा बाट कहिले पछि नहटने वताए । उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ आइसकेको छ । डा. बिश्वकर्मा भन्छन्, हामिले निकै जोखिममा काम गरेका थियौ, स्वास्थ्य सुरक्षा सामाग्री लगाएर उपचार गर्दा केही नहुने वताएका छन् । अझै आत्मावल बढेको उनले बडिमालिका खबरलाई बताएका छन् ।

कोरोना भाइरस संक्रमणको असर समाचारमा मात्र सुन्ने गरेका हामीले यतिबेला आँखै अगाडि मृत्यु र परिवारको बिचल्ली देख्नुपर्दा थेग्न नसक्ने पीडा अनुभूत भएको छ, तर पनि हामी बिचल्लीमा छैनौ, कोरोना संक्रमितको उपचारमा लागि पर्ने वताए । अन्य स्वास्थ्यकर्मीलाई हतोसाहित नहुन पनि आग्रह गर्छन् । जिल्ला अस्पतालको प्रमुखका रुपमा रहेको बिश्वकर्माको घर बाजुराको बुढिनन्दा नगरपालिकामा हो । उनि बिरामीको उपचार मात्र गर्दैन्, पैशा अभाब भएका बिरामीलाई सहयोग गर्ने गरेका छन् ।

अस्पतालमा उपचार गर्छौ यहाँ सम्भब नभए बाहिर पठाउनु पर्ने हुन्छ, बिरामीको आर्थिक अभाब हुन्छ, मनमा पिडा हुन्छ, थोरै भएपनि सहयोग गर्दै आएको वताएका छन् । उनि थप्छन्, हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्छ, भने किन सहयोग नगर्ने ! डा. रुपचन्द्रले बादुर दमाई, गौचना मियाँ लगायतका बिरामीलाई आर्थिक सहयोग गरेका थिए । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापा भन्छन्, डा. रुपचन्द्र बिरामीको उपचार मात्र गर्दैन, पैशा नभएको बिरामीलाई सहयोग गर्छन्, उनि एक महान चिकित्सक हो । डा. बिश्वकर्माले गाँउमा गएर चिकित्सक सेवा पनि सुचारु गरेका थिए ।

उनि आफै गएर वा अस्पतालको अन्य टिमलाई पठाएर स्वास्थ्य संस्था गएर चिकित्सक सेवा दिएका थिए । ३ बर्ष पहिला धनगढी जाँदा बाटोमा अलपत्र रहेका बिरामीलाई स्टेचरमा आफै बोकेर सहयोग समेत गरेका थिए । अस्पतालको टिम राम्रो भएकाले नै हाम्रो उपचारमा हौसला बढिरहेको बिश्वकर्मा बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार