शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिबेणी सहकारीले छुट सुविधा दिदै

त्रिबेणी सहकारीले छुट सुविधा दिदै

दैविप्रकोप बाहेक, विद्युत सेवा नियमित हुने

  • मङ्लबार, जेष्ठ २०, २०७७
त्रिबेणी सहकारीले छुट सुविधा दिदै

बाजुरा– त्रिबेणी बचत तथा ऋण सहकारी संस्थालि.मार्तडी बाजुराले आफ्ना शेयर सदस्यतथा बचत कर्तालाई ऋणको ब्याजमा १० प्रतिसत छुट दिएको छ । त्यसै गरी विद्युत तर्फका ग्राहस्थ तथा उद्योगीलाई पनि २० प्रतिसत रकम सम्म छुट शुबिधा दिएको हो । गत साता बसेको सञ्चालक समितिको बैठकले शेयर सदस्यले लिएको ऋणमा र विद्युत ग्रहास्थ तथा औधोगिक तर्फ छुुट दिने उक्त निणर्य भएको हो ।
विश्वमाकोरोना सँक्रमणअर्था कोभिड १९ काकारण मानव जनजीवन अस्त ब्यस्तबन्दै गएकोअबस्थामध्यनजर गर्दै सदस्य हितका लागि यो सुबिधा ल्याएको संस्थाका अध्यक्ष अशोक कुमार रावलले बताए । कोरोनाले देश लकडाउन छ । ब्यापार ब्यसाय उद्योग धन्दा ठप्पछन् कृषकको आयश्रोत अत्यन्त न्युन्छ राहात स्वरुप छुट दिएकाहौं संस्थाका अध्यक्ष रावलले बताए ।
संस्था लि. ले ८० प्रतिसत भन्दा बढी रकम ब्यबसायिक ऋणमा लगानी गरेकोले गत चैत्र देखि साना ब्यपारीहरु लकडाउन अर्थात बन्दा बन्दीको मारमा छन् । गत चैत्र देखि सदरमुकाम मार्तडी बजार लकडाउन भएपछि कतिपय ससाना होटेल ब्यसायीले होटेल बन्द गरी बस्नुपरेको छ। सानो पूँजीबाट सञ्चालित ब्यबसाय धरापमा परेका छन् । विहान वेलुकी हात मुख जोड्न समस्या भएको वेला संस्थाबाट लिएको सांवा ब्याज किस्ता तिर्न धौधौ भएको छ । सदस्य हितका लागि लकडाउन अबधी भर छुुट शुबिधा दिन उक्त निणर्य गरेको संस्थाका ब्यबस्थापक दयाराम पण्डितले बताए ।

त्यसै गरी दैनिक ज्याला मज्दुरी गरी पेट पाल्ने शेयर सदस्यले खाद्यन्नजोहो गर्ने शेयर सदस्यलाई तत्कालन्युनतम रकम तत्काल भुक्तानी गरेको संस्थाका लेखापाल गगन अयडीले बताए । शेयर सदस्यलाइ आबस्यक पर्दा गर्जोटार्न न्युन आय भएका सदस्यका लागि सहारा भएको छ लेखापाल ।
त्यसैगरी संस्थालिले सञ्चालन गरेको बाजुरा साना जलविद्युत केन्द्रका ग्राहकको घरघर गएर मिटर रिडिङ्ग गर्ने अबस्था छैन । लकडाउनकाे समयमा  ग्राहकले संस्थाको फोन ०९७५४१०१० कार्यालय प्रमुख, ०९७५४१०१२ काउन्टर सेवावा ०९७५४१११७ लेखामा सम्पर्क गरी मिटरको ग्राहक संख्या र मिटरमा देखिएको अंक टिपाउन सक्नेछन् । उद्योग ब्यापार सबै बन्दछन् कसरी विजुलीको विल तिर्न सक्छन् ? थोरै भएपनि संस्थाले दिएको विद्यूत छुट राहात सौलियत हुनसक्छ कार्यालय प्रमुख पण्डितले बताए । यथार्त विल अंक टिपेर संस्थामा सम्पर्क गरेर टिपाउनुुुभयो भने सम्बन्धित ग्राहकले तिर्नुु पर्ने रकम सेवा केन्द्रवाट र संस्थाकै कार्यालयबाट संकलन गरिने ब्यबस्था छ । रेविनो रकम भुक्तानी गर्न आउँदा कुल रकमको २० प्रतिसत रकम छुट दिने ब्यबस्था छ ब्यबस्थापक पण्डितले बताए । यसले सदस्यलाई सहकारी प्रतिको अपनत्व फिल हुन्छ भने न्युन आय भएका ग्रहाकलाई र ऋणी सदस्यलाई पनि राहात महशुस हुने ब्यबस्थापक पण्डितले बताए ।
उसो त यस संस्थालि.ले विगत देखि शेयर सदस्यले संस्थाबाट सामान खरिद गरेवापत १० प्रतिसत छुट र माशिक ब्याज भुक्तानी गरे प्राप्त ब्याजको ५ प्रतिसत रकम छुुट दिदै आएको छ । संस्थाले मरणोपरान्त शेयर सदसस्यका आश्रित परिवारलार्य लाई काजक्रियाखर्चवापत राहात पनि उपलब्ध गराउँदै आएको छ ।
संस्थाले ऋण ब्याजमा सहुलियत दिएकोमा खुशी छौं शेयर सदस्य अम्बी डढोलीले बताइन । त्यसै गरी विद्युत महसुल पनि केही छुट पाउँदा संस्था प्रति थप अपनत्व भाव जागेको ग्राहकले बताएका छन्
त्रिबेणी सहकारी संस्थालिका हाल १४२७ शेयर सदस्य छन् भने बाल, ऐच्छिक र दैनिक बचत गरी २८६५ सदसय संग बचत कारोवार गर्दै आएको छ। १० करोड २५ लाख ६४ हजार बढिको कारोवार गरिरहेको यस संस्थालिले ५६६ शेयर सदसयलाई आठ करोड ३९ लाख रुपैंया वरावर ऋण लगानी गरी सदस्लाई ब्यवसायिक वनाएको छ ।
त्यसैगरी सदरमुकाम मार्तडी लगायत बडीमालिका नगरपालिका र खप्तड क्षेडेदहका केही वडा गरी २०३१ ग्राहकलाई सहकारी मार्फत विद्युत सेवा सञ्चालन गरिहेको छ ।
यसै वीच गत चैत्रमा पावर हाउस स्थित २ नं. युनिट जेनेरेटर मेशिनमा समस्याआई आँसिक रुपमा विद्युत विद्युत सेवा सुचारु थियो । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको समन्वय तथा संस्थाका संचालक र कर्मचारीको दक्षतामा उक्त मेशिन पुनःमर्मत गरि आइतवार देखि विद्युत सेवा नियमति भएको संस्थाका प्राविधिक प्रमुख गणेशराज जोशीले बताए । सदरमुकाम मार्तडीमा २०० किलोवाट बिद्युत उत्पादन भएको छ । यसै पनि जीणर् विद्युतको माग अत्यधिक छ ,उत्पादन कम छ । यसको बैकल्पिक ब्यबस्थापनमा लागेका छौं,ब्यबस्थापक पण्डितले भने ।

चर्चामा

सम्बन्धित समाचार